मुख्य

दमक सहकारीको आँखा शिविर सम्पन्न

दमक/दमक सहकारी संस्थाले मंगलबार आफना सदस्यहरुका लागि निशुल्क आँखा शिबिर सञ्चालन गरेको छ । स्थानीय विर्ता ज्योति आँखा अस्पताल संगको सहकार्यमा सम्पन्न शिविरमा १४७ जना सदस्यको आँखा जाँच गरिएको कार्यक्रम संयोजक चैतन्य बरालले जानकारी दिए । शिविरमा विर्ताज्योतिका नेत्र प्राविधिक मोति बराल लगायतका स्वास्थ्यकर्मीले आखाँ जाँच गर्नुका साथै औषधीहरु निशुल्क प्रदान गरिएको बताएका छन् । निःशुल्क औषधि वितरण गरिएको र आँखाको अपरेसन गर्नु पर्ने भए अथवा चस्मा लगाउन पर्ने भए जाँच गरेको कार्ड लिएर विर्ता ज्योति अस्पतालमा गए निश्चित प्रतिसत छुटमा अपरेशन र चस्मा समेत उपलब्ध गराईने कार्यक्रम संयोजक बरालले जानकारी दिए । संस्थाका अध्यक्ष पूण्य प्रसाद ढुंगानाको अध्यक्षतामा भएको आँखा जाँच कार्यक्रममा ज्येष्ठ शेयर सदस्य महेन्द्र चौधरीको आँखा जाँचेर कार्यक्रमको सुभारम्भ गरिएको थियो । कार्यक्रममा सहकारीका सञ्चालक, कर्मचारी तथा शेयर सदस्यहरुको उल्लेखीय उपस्थिति रहेको थियो ।

Author

You may also like