समाचार

दमकका अधिकांश सडक लथालिङ

दमक/ झापाको दमक नगरपालिकाका १० वटै वडामा ढल व्यवस्थापन गर्न खोज्दा बनेका सडकहरु अधिकांश भत्काइएका छन्  । नगरवासीका हरेक घरबाट निस्केको ढल सडकको पाइपलाइनमा जोडेर सिधै खसाल्ने र त्यसलाई दमकमा बन्न लागेको औद्योगिक करिडोर नजिक रहने ट्रिटमेन्ट प्लान्टमा पु¥याउने कार्यका लागि यि सडकहरु भत्काइएको हो  । यसबाट अहिले सडकमा सहजै हिंड्न बानी परेका मानिसहरुलाई भने सवारी आवागमन लगायतका कार्यमा सास्ती मात्र भएको छैन, धुलोले गर्दा आसपासमा रहेका घरनै फोहोरयुक्त भएका छन् ।
दमकको रातो पुलदेखि शुरु गरिएको यो नगरका ४० वटा सडक भत्काउने कार्य अन्तर्गत ३८ किलोमिटर बाटो भत्काइन लागेको हो । यो कार्य खानेपानी तथा सरसफाई मन्त्रालयअन्तर्गत खानेपानी तथा सरसफाई व्यवस्थापन विभाग मोरङको ढल व्यवस्थापन परियोजना अन्तर्गत ठेक्का लगाइएको हो । सो कार्यको ठेक्का भने जेएससी समिनारायण आशिर्वाद वल्र्ड ट्रेड दमकले लिएको छ । २०७७ असोज ११ गते ठेक्का सम्झौता गरिएको सो ठेक्काको रकम ७४ करोड ३१ लाख २ हजार रहेको र आगामी २०७९ चैत्रसम्ममा सम्पन्न गरिसक्नु पर्ने रहेको छ । तर अहिलेसम्म सडक भत्काउने कार्य मात्र गरिएकाले अधिकांश नगरवासीहरु दिक्क भएका छन् । भत्किएको बाटो चाँडै नबनेकोमा पनि उनीहरु असन्तुष्ट रहेको पाइएको छ ।
तर यो ठेक्का लिएर काम गरिरहेका जेएससी समिनारायण आशिर्वाद वल्र्ड ट्रेड दमकका प्रबन्ध निर्देशक पशुपति बराल भने सडक भत्काउँदा केही समय आसपासका नगरवासी र यात्रीहरुलाई सास्ती भएपनि आगामी स्थानीय निर्वाचन अगाडीनै सडक कालोपत्रे गरिसक्ने योजनाअनुसार काम भइरहेको बताए  । उनले अब बनाइने सडक आस्पाल प्रविधिबाट बनाइने र प्रविधियुक्त गुणस्तरीय हुने जानकारी गराए । कहीँ कतै धुलो भएर समस्या भए पानी ट्याङ्की तुरुन्तै पठाएर धुलो हटाउने व्यवस्था भएकाले ९८१७७२४०६४\९८२४०४६८४६ मा सम्पर्क गर्न समेत प्रबन्ध निर्देशक बरालले आग्रह गरेका छन् । विगतमा कोरोनाको महामारीका कारण सडक भत्काउने र ढल व्यवस्थापन गर्ने कार्यमा केही ढिलाई भएको उनले स्वीकार गरे ।

You may also like