देश–समाज पत्रपत्रिका

पौवादुङमाका ४० ज्येष्ठ नागरिकलाई सम्मान

भोजपुर / भोजपुर पौवादुङमा गाउँपालिकाका ४० जना ज्येष्ठ नागरिक सम्मानित भएका छन्। वडा– ३ च्याङग्रेको आयोजनामा एक कार्यक्रम गरी उनीहरुलाई सम्मान पत्र तथा दोसल्ला ओडाएर सम्मान गरिएको हो। यहाँका ज्येष्ठ नागरिकलाई गत वर्ष पनि सम्मान गरिएको थियो।

वडाध्यक्ष तीर्थबहादुर कार्कीको अध्यक्षतामा भएको सम्मान कार्यक्रमका प्रमुख अथितिसमेत रहेका गाउँपालिका अध्यक्ष किरण राईले गाउँपालिकाका ज्यूँदो इतिहासका रुपमा रहेका समाजका अभिभावक ज्येष्ठ नागरिकलाई उनीहरुले समाजमा पुर्‍याएको योगदानको कदर गर्न गाउँपालिकाले सहयोग गर्दै आएको बताए।

अध्यक्ष राईले भने, ‘हामीले ज्येष्ठ नागरिकलाई सम्मान गर्दै आएको छौँ। उहाँहरू हाम्रो समाजको ज्यूँदो इतिहास हो। उहाँहरुले समाजमा पुर्‍याएको योगदानलाई हामी जस्ता युवा पुस्ताले सम्मान गर्नुपर्छ। गाउँपालिकाले उहाँहरुको सम्मानका लागि विभिन्न काम गरिहेको छ। उहाँहरूलाई खुसी र सम्मानित भएर बाँच्ने आधार तयार गरिहेको छौँ। हामी उहाँहरूबाट आशीर्वाद लिन चाहन्छौँ।’ सम्मानित हुनेमा ७९ वर्षदेखि ९३ वर्षसम्मका ज्येष्ठ नागरिक छन्।

Author

You may also like