१३ पुस , काठमाडौँ / नेकपा (माओवादी केन्द्र)को जारी महाधिवेशनमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पेस गरेको राजनीतिक प्रतिवेदन तथा स्थायी कमिटी सदस्य देवप्रसाद गुरुङले प्रस्तुत गरेको बिद्यान मस्यौदामाथि आजबाट समूहगत छलफल सुरु हुने भएको छ ।
सोमबारबाट सुरु भएको बन्द सत्रमा अध्यक्ष प्रचण्डले ‘२१ औं शताब्दीको समाजवादको नेपाली बाटो’ शीर्षकको राजनीतिक प्रतिवेदन तथा गुरुङले १५ सदस्यीय पदाधिकारीसहित २ सय ९९ सदस्य केन्द्रीय कमिटी बनाउन विधान प्रस्तुत गरेका थिए । सो विषयमा आजबाट २५ वटा समूह बनाई समूहगत छलफल हुन गइरहेको छ ।