अर्थ

सुनको मूल्य प्रतितोला ५०० ले ओरालो

नेपालको सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला ५०० ले ओरालो लागेर ९४ हजार ३०० तोकिएकोे छ भने पहेँलो धातु मङ्गलबार प्रतितोला ९४ हजार ८०० मा कारोबार भएको थियो ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको तथ्याङ्कानुसार तेजाबी सुनको आजको मूल्य प्रतितोला ९३ हजार ८०० तोकिएको छ यसको मूल्य मङ्गलबार प्रतितोला ९४ हजार ३०० थियो ।
त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला १० ले घटेर १ हजार २८० तोकिएको महासङ्घले जनाएको छ । चाँदी आइतबार प्रतितोला १ हजार २९० मा कारोबार भएको थियो ।
महासङ्घले अन्तरराष्ट्रिय बजारमा हुने सुनचाँदीका मूल्यको उतारचढावका आधारमा यहाँँ दैनिक सुन तथा चाँदीको काारोबार मूल्य तोक्दै आएको छ । अन्तरराष्ट्रिय बजारमा सुन प्रतिऔँस एक हजार ८५४ डलर आसपासमा कारोबार भइरहेको छ ।

You may also like