अर्थ विविध

दमकस्थित शान्ति कोल्ड सेन्टरमा भण्डारण गरि राखिएको ३ हजार ३ सय किलो आलुको विउ कुहिएर नष्ट

दमक/ चिस्यान केन्द्रको असावधानीले मोरङको पथरी शनिश्चरे १ मा अवस्थित पथरी कृषि सहकारी संस्थाले राखेको ३ हजार ३ सय किलो आलुको विउ कुहिएर नष्ट भएपछि नगरपालिका कार्यालयले  अनुगमन गरेको छ ।
पथरी शनिश्चरे नगर उपप्रमुख यमुना विष्ट वास्तोलाको अगुवाईमा आलुको अनुगमन् गरी उचित क्षतिपूति सहित विमाको लागि पहल गरिने भएको छ ।

संस्थामा आवद्ध कृषकहरुबाट उत्पादन गरी सहकारीमार्फत झापाको दमकस्थित शान्ति कोल्ड सेन्टरमा भण्डारण गरि राखिएको थियो । तर कृषकले आलु रोप्ने समय हुन लागेपछि विउ फिर्ता ल्याउन खोज्दा राखिएको सवै ६६ बोरा आलु कुहिएको पाइएको सहकारीका अध्यक्ष हरिराज प्याकुरेलले जनाउनु भयो ।

नियमित चिसोपना गराउने मेसिनमा आएको समस्याका कारण आलु कुहिन पुगेको चिस्यान केन्द्रले जनाएको उहाँले बताउनु भयो । प्रति गोटा २० रुपैयाँ दरले किनेर पीवीएस आलुबाट उत्पादित मुल विउ कुहिदा ३ लाख ३० हजार रुपैयाँ बढीको क्षति भएको छ ।

जसका कारण रोप्ने समयमा विउ नपाएर कृषकहरुमा समस्या आएको भन्दै उहाँले चिन्ता व्यक्त गर्नुभयो । हाल १ सय रुपैयाँ प्रति केजी पर्ने आलुको चिस्यान केन्द्रले प्रति केजी ५० का दरले मात्र विमा गराएको वताउनु भयो । सो चिस्यान केन्द्रमा अन्य कृषकहरुले राखेको आलुको विउ पनि कुहिएको उल्लेख छ ।

Author

You may also like