फिल्मी खबर मनोरञ्जन

‘चुरीफुरी’को प्रदर्शन मिति तय

ऋषिराज आचार्यको निर्देशनमा बनेको फिल्म ‘चुरीफुरी’को प्रदर्शन मिति तय भएको छ। मंगलबार दाङमा आयोजित एक कार्यक्रममा निर्देशक आचार्यले फिल्म पुस ९ देखि प्रदर्शनमा आउने बताएका हुन्।
सोसल कमेडी जनरामा बनेको फिल्मलाई निर्देशक आचार्य र रीना ढकाल भण्डारीले निर्माण गरेका हुन्। त्यस्तै‚ विमला भुसाल, राजेन्द्र खाती र शिव थापा फिल्मका सहनिर्माता हुन्।
फिल्ममा रवीन्द्र झा, सुवोध गौतम, राजीब जंग बस्नेत, अभिषेक श्रेष्ठ, शिशिर भण्डारी, पवन खतिवडा, पूजा पन्त लगायतका कलाकारको अभिनय रहेको छ।
चुरीफुरीले लामो समयदेखि निस्क्रिय जस्तै रहेको नेपाली फिल्म उद्योगलाई चलायमान बनाउने अपेक्षा निर्माण टोलीले गरेको छ।

You may also like