खेल समाचार

प्रस्तावित मदन भण्डारी रंगशालामा  फुटबल प्रतियोगिता  हुने

दमक,२१ असोज /  दमक -३ स्थित प्रस्तावित निर्माणाधिन मदन भण्डारी रंगशालामा प्रथम वडाध्यक्ष कप अन्तरक्लब स्तरीय नकआउट फुटबल प्रतियोगिता सञ्चालन हुने भएको छ ।
दमक -३ को वडा खेलकुद बिकास समितिको आयोजनामा ११ कार्तिकदेखि सञ्चालन हुने सो प्रतियोगितामा देशभरका ख्यातीप्राप्त ८ वटा फुटबल क्लबहरुले सहभागिता जनाउने निश्चित भएको वडा कार्यालयमा आज बिहिबार आयोजित पत्रकार सम्मेलनमा जनाइएको छ ।
१८ कार्तिक सम्म सञ्चालन हुने सो फुटबल प्रतियोगिताको संरक्षक दमक नगरपालिका रहेको छ भने दमक नगरपालिका खेलकुद तथा फुटबल उपसमितिले समन्वय गर्ने दमक नगर खेलकुद बिकास समिति अध्यक्ष भिमराज चौलागाइँले जानकारी दिए । प्रतियोेगिताको विजेता टिमले नगद १ लाख ११ हजार र उपविजेताले नगद ५५ हजारसहित ट्रफि, मेडल र प्रमाण पत्र हात पार्ने आयोजक समिति अध्यक्ष विरेन्द्र चापागाइँले जानकारी दिए ।
दमक नगर खेलकुद विकास समिति अध्यक्ष चौंलागाइँले नगर खेलकुदले दमकलाई खेलकुदको हबका रुपमा बिकास गर्न चाहेको भन्दै आगामी मंसीरसम्म दमक खेलमय हुने बताए । खेलकुदको व्यवसायिकतामा सरोकारवाला निकाय जिम्मेवार नबनिदिदा खेलाडीहरुले समस्या भोग्नु परिरहेको पूर्व राष्टिय खेलाडी राजु श्रेष्ठले बताए ।
वडाध्यक्ष नविन बराल निर्माणाधिन रंगशालाको प्रवद्र्धन र बिकाससंगै खेलकुदको बिकासका लागि स्थानीय सरकार खेलकुदलाई प्राथमिकतामा राखेर अघि बढिरहेको बताए । उनले दोश्रो पुरस्कार राशी जनस्तरबाट सहयोग जुटाएर प्रदान गरिने पनि बताए ।

You may also like