फिल्मी खबर मनोरञ्जन

क्रान्तिकारी दार्शनिक तथा राजनीतिज्ञ रुपचन्द्र विष्टको  ‘रुदाने’ को टिजर सार्वजनिक

क्रान्तिकारी दार्शनिक तथा राजनीतिज्ञ रुपचन्द्र विष्टको बायोपिक ‘रुदाने’ को टिजर सार्वजनिक भएको छ।अमितकिशोर सुवेदी र विकास ढकालको अनुसन्धान, लेखन तथा निर्देशन रहेको फिल्मको टिजर बुधबार युट्युबमार्फत सार्वजनिक गरिएको हो।

रुपचन्द्रलाई रुदाने पनि भनिन्थ्यो। ‘रुदानेः विद्रोहको नेपाली नाम’ मा दिव्यदेव रुपचन्द्र विष्टको भूमिकामा देखिँदै छन्। फिल्ममा उनीबाहेक नम्रता श्रेष्ठ, रवि गिरी, सुवास गजुरेल, सरोज अर्याल, नमिता तामाङलगायत कलाकारले पनि भूमिका निर्वाह गरेका छन्।

विसं १९९० मा जन्मेका रुपचन्द्रले स्कुल जीवनदेखि नै कम्युनिष्ट राजनीति सुरु गरेका थिए। सर्वसाधारणको मुद्दामा सधैं अगाडि आउने रुपचन्द्र राजद्रोहको आरोपमा धेरैपटक जेल पनि परेका थिए।

उनले आफ्ना साथीसँग मिलेर ‘थाहा’ आन्दोलन सुरु गरेका थिए। जसको उद्देश्य चेतनाविहीन नागरिकलाई चेतना सम्पन्न बनाई राजनीति र समाज जागरण गर्नु थियो।

Author

You may also like