फिल्मी खबर मनोरञ्जन

मदनकृष्ण र मिलनले ल्याए ‘सुनको कचौरी’

वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठ र मिलन नेवारको युगल स्वरमा ‘सुनको कचौरी’ बोलको गीत आएको छ । राजधानीमा आयोजित एक समारोहका बीच गीत सार्वजनिक गरिएको हो ।

गीतमा राजनराज सिवाकोटीको शब्द तथा संगीत छ । गीतको भिडियो राजेश पुमा राईले निर्देशन गरेका हुन् । भिडियोमा मदनकृष्ण श्रेष्ठ र गौरी मल्लको अभिनय देख्न सकिन्छ ।
मदनकृष्ण र गौरीको जोडी अभिनय रहेको भिडियोमा उत्सव दाहालको छायाँकन, सन्तोष राजबाकको सम्पादन छ ।

Author

You may also like