समाचार

दमक उवासंघद्वारा स्वास्थ्य उपकरण हस्तान्तरण

दमक/ दमक उद्योग वाणिज्य संघले कोरोना महामारी रोकथाम तथा नियन्त्रणका लागि नगरपालिकालाई करिव ४१ लाख ७५ हजार बराबरका स्वास्थ्य उपकरणहरु हस्तान्तरण गरेको छ ।
संघको अगुवाईमा संचालन गरिएको महामारी नियन्त्रण अभियानले नगरपालिकालाई एक थान अत्याधुनिक भेण्टिलेटर, ६ थान अक्सिजन कन्सट्रेटर उपकरणसहितसहित बिभिन्न स्वास्थ्य सामाग्रीहरु उपलब्ध गराइएको संघले जनाएको छ । संघले शुक्रवार एक कार्यक्रम गरी ती स्वास्थ्य सामाग्री नगर प्रमुख रोमनाथ ओलीलाई हस्तान्तरण गरिएको अध्यक्ष गोकुल श्रेष्ठले बताए । सहयोग सामाग्री हस्तान्तरण कार्यक्रममा लायन्स क्लव इन्टरनेशनल ३२५ ए वानका डिस्ट्रिक गर्भनर रेवतबहादुर कार्की लगायतको उपस्थिति रहेको थियो । निजी क्षेत्र, संघसंस्था, व्यक्तिहरु तथा लायन्स क्लवको सहयोग जुटाएर ती स्वास्थ्य उपकरणहरु प्रदान गरिएको दमक उद्योग वाणिज्य संघका अध्यक्ष गोकुल श्रेष्ठले जानकारी गराए  ।
संघले सहयोग जुटाउन संघका पूर्व अध्यक्ष प्रकाश प्रसाईंको संयोजकत्वमा कोरोना महामारी नियन्त्रण अभियान गठन गरेको थियो । अभियानका संयोजक प्रसाईंका अनुसार दमकका उद्योगी, व्यवसायीका तर्फबाट रु ७ लाख ७७ हजार र अन्य रकम भने लायन्स क्लव अफ इन्टरनेशनलको परियोजनाबाट सहयोग जुटाइएको थियो । नगरपालिकालाई प्राप्त उक्त स्वास्थ्य उपकरणहरु दमकको एकमात्र सरकारी अस्पताल दमक अस्पतालमा जडान गरी छिट्टै सञ्चालनमा ल्याउने नगर प्रमुख ओलीले जानकारी दिए । लायन्स क्लव इन्टरनेशनलका एमिडेट पास्ट मल्टिपल काउन्सिल चियर पर्सन राजन खत्रीको अध्यक्षतामा भएको सहयोग हस्तान्तरणमा लायन्सको डिस्ट्रिक गर्भनर एड् एफजिएफ अजय अग्रवाल, दमक नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख रामवृक्ष चौधरी, वाणिज्य संघका पदाधिकारी, सदस्यहरु, उद्योगी, व्यवसायी, लायन्सका सदस्यहरुको उपस्थिति रहेको थियो । कार्यक्रमको संचालन संघका प्रथम उपाध्यक्ष राजु खड्काले गरेका थिए ।

Author

You may also like