समाचार

झापामा साउनभर निषेधाज्ञा

दमक/ कोरोना संक्रमितको संख्या बढेसंगै जिल्ला प्रशासन कार्यालय झापाले जारी निषेधाज्ञाको अवधि बढाएको छ ।
शुक्रार जिल्लास्थित कोभिड व्यवस्थापन समितिका संयोजक श्रवणकुमार तिमिल्सिनाको अध्यक्षतामा बसेको बैठकले यही साउन २३ गते मध्यरातदेखि साउन ३२ गतेराति मध्यरातसम्म लागू हुनेगरी निषेधाज्ञा गर्ने निर्णय गरेको जारी सूचनामा जनाइएको छ । बैठकले पूर्वी नाका काँकडभिट्टाबाट विदेशी नागरिक प्रवेश स्थगन गर्ने तथा नेपाल भारत खुला सीमाना रहेको झापाका अन्य गौंडाबाट प्रवेशमा पूर्ण रोक लगाउने, पूर्वी नाकाबाट प्रवेश गर्ने स्वदेशी नागरिकको हकमा एन्टिजेन विधिबाट स्वास्थ्य परिक्षण गर्दा रिपोर्ट पोजेटिभ आए अवस्था हेरेर आइसोलेसन केन्द्र वा थप उपचारका लागि मेची अस्पताल लैजाने र झापा बाहेकका जिल्लाको हकमा आवश्यक समन्वय गरी गन्तव्यतर्फ पठाउने निर्णय गरेको छ ।
बैंक तथा वित्तीय संस्थाले न्यूनतम कर्मचारी राखेर आलोपालो मिलाई हप्तामा ३ दिनमात्र कार्यालय संचालन गर्नुपर्ने निर्णय गरेको छ । बैठकले तरकारी, फलफूल, दूध तथा दैनिक आवश्यक सामग्री तथा कृषिजन्य उत्पादनमा प्रयोग गरिने मलखाद, बीउ–विजन खरिदको समयमा भने १ घण्टा बढाएर विहान ६ बजेदेखि ९ बजेसम्म पु¥याएको छ । यसअघि ६ बजेदेखि ८ बजेसम्म मात्र तोकिएको थियो । स्वास्थ्य मापदण्ड अपनाएर मुख्य राजमार्गमा मध्यम तथा लामो दूरीका सार्वजनिक सवारी सञ्चालन गर्न पाउने निर्णय गरेको बैठकले निश्चित स्टेशनभन्दा सवारी रोक्न नपाउने निर्णय गरेको जनाइएको छ ।

Author

You may also like