देश–समाज समाचार स्थानीय

आत्मनिर्भर कृषि सहकारी संस्थाको १२ औं साधारणसभा सम्पन्न

विराटचोक (मोरङ) । मोरङसुनसरीबाट पारिवारिक गर्जो टार्न कतार पुगेका युवाहरुको सक्रियतामा स्थापित मोरङको विराटचोकबाट सञ्चालित आत्मनिर्भर कृषि सहकारी संस्थाले १२ औं साधारणसभा सम्पन्न गरेको छ ।
सुनदरहरैंचा–९ स्थित नवसृजना युवा क्लबको सभाहलमा आयोजित सो साधारणसभाका अवसरमा २८० शेयर सदस्य परिचालनबाट शेयर चुक्ता पुँजी ४८ लाख ८३ हजार पु¥याएको र त्यसलाई आगामी वर्ष बढाएर ७० लाख पु¥याउने लक्ष्य रहेको बताइएको छ । चुनावी साधारणसभाबाट सुरुआतदेखि संस्थामा रहेको सदस्यदेखि कोषाध्यक्ष, सचिव हुँदै विभिन्न पदीय जिम्मेवारी निभाई सकेका राजु भट्टराई अध्यक्ष चुन्दै सकिएको छ । सो नयाँ कार्यसमितिको उपाध्यक्षमा उपाध्यक्षमा टेकनाथ बराल, सचिवमा केदार श्रेष्ठ र कोषाध्यक्षमा पुष्पा विक चयन भएका छन् । सदस्यहरूमा कृष्णचन्द्र सुवेदी, ओमकुमारी बानिया, भोगेन्द्र न्यौपाने, गिता लम्साल, होमबहादुर खड्का, चन्द्रप्रसाद ढकाल र राधादेवी मिश्र रहेका छन् ।
लेखा समितिको संयोजकमा विवेक भट्टराई तथा सदस्यहरूमा भागुमाया बस्नेत अर्याल र तुलसा पोख्रेल चयन भएको निर्वाचन समिति संयोजक गोकुलबहादुर थापाले जानकारी गराए । साधारणसभामा संस्थाकी कार्यवाहक अध्यक्ष मनुका थापाले आर्थिक वर्ष २०८१÷८२ को वार्षिक कार्यक्रम र प्रगति प्रतिवेदन प्रस्तुत गरेकी थिईन् । उनले कृषि क्षेत्रमा यो सहकारीबाट ऋण लिएर धेरै कृषकहरू आत्मनिर्भर बनेको समेत बताईन ।
संस्थाका सचिव राजु भट्टराईले २०८०÷८१ को वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गर्दै कृषि समूहलाई सक्रिय बनाउने, नियमित बचत तथा ऋणलाई व्यवस्थित गर्ने, स्थानीय तथा प्रदेश सरकारसँग सहकार्य गर्ने र सहुलियत ऋण शेयर सदस्यलाई दिने योजना रहेको बताए ।
साधारणसभाको अवसरमा संस्थाले उत्कृष्ट ऋणी मिनादेवी दुलाल, उत्कृष्ट मासिक बचतकर्ता शारदा दनुवार, उत्कृष्ट बाल बचततर्फ लेखिका बि.क. र ज्येष्ठ शेयर सदस्य बिमलादेवी शाहलाई सम्मान गरेको थियो । लेखा समिति संयोजक विवेक भट्टराईले ऋण लगानी गर्दा थप सतर्कता अपनाउनुपर्ने र आगामी दिनमा कडाईका साथ लगानी नगरे समस्या हुनसक्ने चेतावनी समेत दिए ।
कार्यक्रमका प्रमुख अतिथि सुन्दरहरैँचा वडा नम्बर १२ का वडाध्यक्ष एवं नगर प्रवक्ता रोशनप्रसाद ढकालले शुभकामना मन्तव्य व्यक्त गर्दै सहकारी अभियानले परिवारका साना समस्या समाधान गर्न सहयोगी भूमिका खेल्नुपर्ने सुझाव दिए । केही व्यक्तिले गरेका खराब कामले सहकारी क्षेत्र बदनामको अवस्थामा पुगेको भन्दै सबै सदस्यले आफ्नो सहकारीको अवस्थाबारे नियमित जानकारी लिनुपर्नेमा बताए । उनले सहकारीको विनियमअनुसार सदस्यको बचतलाई सही ठाउँमा लगानी गर्न र कृषि क्षेत्रबाट आत्मनिर्भर बन्न यस्ता सहकारीले नयाँ योजना ल्याउन पर्ने बताए ।

Author

You may also like