समाचार

स्वास्थ्यकर्मी र सुरक्षाकर्मीलाई सम्मान

दमक/झापाको दमकस्थित क्लब हिमालयन टाइगर्सले कोरोना महमारी विरुद्ध खटिएका सुरक्षाकर्मी र स्वास्थ्यकर्मीहरुलाई सम्मानित गरेको छ । कोरोना विरुद्धको अभियानमा अग्रपंक्तिमा रहेका ति सुरक्षाकर्मी र स्वास्थ्यकर्मीहरुलाई सोमबार एक संक्षिप्त कार्यक्रम गरी सम्मानित गरेको हो ।
दमकका विभिन्न ५ अस्पतालका २५ जना स्वास्थ्यकर्मीहरुलाई डायरी, पेन र मग दिएर सम्मान गरिएको सो क्लबका अध्यक्षले रेवतचन्द्र भण्डारीले जानकारी गराए  । त्यसैगरी इलाक प्रहरी कार्यालय दमकमा कार्यरत प्रहरीहरुलाई शुद्ध पिउने पानी, जुस, मग, थर्मल गन, मास्क, सेनिटाइजर र डायरी दिएर सम्मान गरिएको जानकारी गराइएको छ ।

Author

You may also like