समाचार

पञ्चेबाजासहित धान रोपाइ

दमक/झापाको दमक–२ मा नेकपा एमाले सम्बद्ध नेपाल खेलकुद महासंघले बेठी लगाएर पञ्चेबाजासहित सामूहिक धान रोपाइँ गरेको छ ।
कृषि पेशालाई प्रोत्साहन गर्ने उद्देश्यले नेपाल खेलकुद महासंघले देशव्यापी रुपमा शुरु गरेको आत्मनिर्भरताका लागि खेलाडी खेतमा दुई दिन अभियान अन्तर्गत महासंघले आयोजना गरेको सामूहिक रोपाइँमा खेलकुद महासंघका नेता कार्यकर्ताहरुसहित स्थानीय महिलाहरु उल्लेख्य संख्यामा सहभागी थिए । महासंघका स्थायी कमिटी सदस्य समेत रहेका स्थानीय राजकुमार थापाको खेतमा आयोजना गरिएको सो रोपाइँमा महासंघका केन्द्रीय उपाध्यक्ष पर्शुराम बस्नेतको प्रमुख आतिथ्यता रहेको थियो भने नेकपा एमाले प्रदेश कमिटी सदस्य एवं प्रधानमन्त्री केपी शर्मा ओलीको सचिवालयका सदस्य होमबहादुर थापा, पार्टी जिल्ला कमिटी सदस्य अम्बिका खनालको विशेष आतिथ्य रहेको थियो ।

Author

You may also like