अर्थ देश–समाज

मुक्तिनाथ बैंकलाई ‘युरोपियन माइक्रोेफाइनान्स अवार्ड’

दमक/ मुक्तिनाथ विकास बैंक लक्जमवर्गमा आयोजित ‘युरोपियन माइक्रोफाइनान्स अवार्ड २०२०’ को विजेता भएको छ ।

मुक्तिनाथ विकास बैंकले साना तथा लघु बैंकिङ कार्यक्रममा आबद्ध न्यून आय भएका सदस्यहरुलाई प्रदान गरिरहेको नवीनतम र ग्राहकमैत्री समावेशी बचत सेवाहरुको प्रभावकारिता र त्यसले सदस्यको जीवनमा पारेको सकारात्मक परिवर्तनलाई अन्तर्राष्ट्रिय स्वतन्त्र विशेषज्ञ छनोट समितिले अध्ययन तथा अनुसन्धान गरी ‘ युरोपियन माइक्रोफाइनान्स अवार्ड २०२०’ को प्रथम पुरस्कारबाट पुरस्कृत भएको हो ।

युरोपियन माइक्रोफाइनान्स अवार्ड २०२० का लागि ३७ राष्ट्रबाट ७० वटा संस्थाले सहभागिता जनाएका थिए ।

उक्त प्रतियोगिताका लागि उत्कृष्ट ३ मा नेपालबाट मुक्तिनाथ विकास बैंक लगायत वेनिन र इथियोपियाको १/१ ओटा लघुवित्त संस्था छनोट भएका थिए ।

यो पुरस्कारबापत बैंकले नगद १ लाख युरो प्राप्त गरेको छ ।

यो पुरस्कार रकमबाट न्यून आय भएका सदस्यहरुलाई डिजिटल बैंकिङमा सहभागी गराउन विभिन्न कार्य गरिने बैंकले जनाएको छ ।

मुक्तिनाथ बैंकको ४२ जिल्लामा रहेका १३८ ओटा शाखामध्ये ११८ ओटा शाखामार्फत साना तथा लघु बैंकिङ सेवा प्रदान गर्दै आइरहेको छ ।

Author

You may also like