झापा । कोभिड १९ को एन्टिजिन टेष्टको अधिकतम मूल्य रु १००० तोकिएको छ ।
मंगलबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड–१९ एन्टिजिन टेष्टको अधिकतम १००० सम्म मात्र लिनेगरी मूल्य तोकेको हो ।
राष्ट्रिय जनश्वास्थ्य प्रयोगशालाबाट मान्यता प्राप्त प्रयोगशालाहरुले मात्र यो टेष्ट गर्न पाउनेछन् ।
एफडीए र ईयूए मान्यता प्राप्त तथा स्वास्थ्य सेवा विभागले स्वीकृत गरेका किटहरु मात्र प्रयोग गर्नुपर्नेछ ।
यसरी टेष्ट गर्दा पोजेटिभ आएकाहरुको रिपोर्ट उपत्यकाको हकमा इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा र बाहिर सम्बन्धित स्वास्थ्य कार्यालयलाई पनि जानकारी गराउनुर्नेछ ।