भक्तपुर,विभिन्न स्थानबाट लागुऔषधसहित प्रहरीले पाँच जनालाई पक्राउ गरेको छ ।
सिन्धुली, कमलामाई नगरपालिका–९ स्थित नियन्त्रित लागूऔषध नाईट्रोभेट ८ सय ४० ट्याब्लेट सहित तिनपाटन गाउँपालिका–५ बस्ने २० वर्षीय प्रदिप तामाङ समेत दुई जनालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
ईलाका प्रहरी कार्यालय भिमानबाट खटिएको प्रहरीले बा.६६ प ९७८७ नम्बरको स्कुटर जाँच गर्ने क्रममा स्कुटरमा सवार उनीहरुलाई उक्त परिमाणको लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो ।
त्यस्तैगरी पुनर्वास नगरपालिका–६ स्थित अवैध लागूऔषध खैरो हिरोइन जस्तो देखिने धुलो पदार्थ करिब ८ ग्राम सहित कैलाली धनगढी उपमहानगरपालिका–१३ राजपुर बस्ने २४ वर्षीय सन्तोश राना र कृष्णपुर नगरपालिका–८ राजघाट बस्ने २३ वर्षीय मञ्जु चौधरीलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
ईलाका प्रहरी कार्यालय त्रिभुबनबस्तीबाट खटिएको प्रहरीले प्रदेश ३–०२–०० प २१७२ नम्बरको मोटरसाइकल जाँच गर्ने क्रममा मोटरसाइकलमा सवार उनीहरुलाई उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो ।
त्यस्तैगरी गुलरिया नगरपालिका–८ भादा पुलस्थित लागूऔषध ब्राउनसुगर जस्तो देखिने धुलो पदार्थ ३ पुरिया, एल्टेरेक्स टि लेखेको सिसि ३ थान, नाईट्रोभेट ५३ वटा ट्याब्लेट र गाँजा १ पुरिया सहित गुलरिया नगरपालिका–६ सन्तोषी टोल बस्ने ३१ वर्षीय ईताराम खत्रीलाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय वर्दियाबाट खटिएको प्रहरीले वर्दिया राजापुरबाट काठमाडौं जाँदै गरेको ना.७ ख ९०५ नम्बरको बस जाँच गर्ने क्रममा बसमा सवार उनलाई उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो ।
यस सम्बन्धमा स्थानीय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।