नसालु औषधी खुवाई हत्या गरेको अभियोगमा पाँच जना पक्राउ

काठमाडौं, हिरु केसीको हत्या गरेको अभियोगमा ५ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा काठमाडौं टोखा बस्ने ओखलढुंगा मनु गाउँपालिका–७ घर भएका ३१ वर्षीय आले भन्ने पासाङ तामाङ, काठमाडौं कपन बस्ने मकवानपुर छतिवन गाउँपालिका–४ घर भएका २७ वर्षीय सोमलाल थिङ, काठमाडौं भृकुटीचोक बस्ने रौतहट चन्द्रनिगाहपुर घर भएकी १९ वर्षीया पासाङ भन्ने सविना तामाङ, काठमाडौ नारायणटार बस्ने ओखलढुंगा खिजिदेम्वा गाउँपालिका–९ घर भएका ३१ वर्षीय पासाङ शेर्पा र काठमाडौं बुढानिलकण्ठ नगरपालिका–११ बस्ने ओखलढुङ्गा चम्पादेवी गाउँपालिका–४ घर भएका ३२ वर्षीय रामकृष्ण भन्ने बुद्धिमान कार्की रहेका छन् ।

 

काठमाडौं महानगरपालिका–६ माहाँकाल सरस्वती नगरमा किराना तथा होटल संचालन गर्ने कपिलवस्तु वाणगंगा नगरपालिका–२ बैजलपुर घर भएकी ५५ वर्षीय कमला भन्ने हिरु केसीको गत भदौ ३१ गते हत्या गरेको अभियोगमा ५ जनालाई शनिबार प्रहरीले पक्राउ गरेको हो।

उनीहरुले केसीलाई ट्रामाडोल नाम गरेको नसालु औषधी खुवाई लटठ्याएर कुटपिट गरी हत्या गरी होटलभित्र रहेको सुनका गहनाहरु तथा नगद समेतका धनमालहरु खुन डाँका गरी फरार भएको खुल्न आएपछि महानगरीय प्रहरी परिसर काठमाडौंबाट खटिएको प्रहरीले काठमाडौंको विभिन्न स्थानबाट उनीहरुलाई पक्राउ गरेको हो ।

Leave a Reply

Your email address will not be published.