राजनीति विविध

२३ दिनपछि ‘इनफ इज इनफ’ अभियानका अभियन्ताहरुले तोडे अनशन

काठमाडौं । ‘इनफ इज इनफ’ अभियानका अनसनरत अभियन्ताहरुले २३ दिन पछि आज अनशन तोडेका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सह–प्रवत्ता डा.समीर अधिकारीले जलपान गराई अनशन तोडाउनु भएको हो ।

शनिबार स्वास्थ्य मन्त्रालयका प्रतिनिधि र अनसन बसेका अभियन्ताकाबीच शनिबार १३ बुँदे सहमति भएको हो ।

सहमतिमा सरकार र अनसनरत युवाबीच संक्रमण पत्ता लगाउन प्रयोगशालामा पिसिआर विधि प्रयोग गर्ने, परीक्षण बढाउनका लागि प्रयोगशाला सामग्री र दक्ष जनशक्तिको पर्याप्त व्यवस्था गर्ने तथा परीक्षणको नतिजा जतिसक्यो चाँडै उपलब्ध गराउनेलगायतका छन् ।

यसअघि असार २२ गते १२ बुँदे सहमति भएपनि कार्यान्वयन नभएको भन्दै अभियन्ताहरुले साउन ३गतेबाट दोस्रो चरणको सत्याग्रह थालेका थिए ।

यसपटकको सहमति कार्यान्वयन हुनेमा आशावादी रहेको सत्याग्राहीले बताएका छन् ।

सरकारले पनि अनशनरत पक्षको मागलाई पुरा गर्ने प्रतिबद्धता जनाएको छ ।

Author

You may also like