दमक । विश्वभर फैलिएको कोरोना भाइरस (कोभिड–१९) बाट डेढ लाख मानिसको ज्यान गइसकेको छ । जोन हप्किन्स विश्वविद्यालयले प्रकाशित गरेको शनिबार बिहानसम्मको तथ्यांकअनुसार १ लाख ५३ हजार ८ सय २२ जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेको संख्यामा अमेरिकामा सबैभन्दा बढी छ । त्यहाँ २८ हजार ९ सय ९८ जनाको मृत्यु भइसकेको छ । अमेरिकाको क्विन्स राज्यमा अन्य राज्यमा भन्दा बढी क्षति देखिएको छ। सो राज्यमा मात्रै २ हजार ३ सय २४ जनाको मृत्यु भइसकेको छ ।
इटालीमा २२ हजार ७ सय ४५, स्पेनमा २० हजार २, फ्रान्समा १८ हजार ६ सय ८१, बेलायतमा १४ हजार ५ सय ७६ जनाको मृत्यु भइसकेको छ।
विश्वभर कोरोना भाइरस संक्रमण पुष्टि हुनेको संख्या २२ लाख ४० हजार १ सय ९१ पुगेको छ ।संक्रमितको संख्या अमेरिकामा सबैभन्दा बढी छ । त्यहाँ ६ लाख ९९ हजार ७ सय ६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । त्यस्तै स्पेनमा १ लाख ९० हजार ८ सय ३९, इटालीमा १ लाख ७२ हजार ४ सय ३४, फ्रान्समा १ लाख ४९ हजार १ सय ३०, जर्मनीमा १ लाख ४१ हजार ३ सय ९७, बेलायतमा १ लाख ९ हजार ७ सय ६९ जनाको कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।