फ्रान्स र युएइबाट आएका काेराेना संक्रमित दुइ जनाकाे दाेस्राे रिपाेर्ट पनि पाेजेटिभ- पूर्वसन्देश दैनिक

२० चैत, काठमाडौं ।   चैत ४ मा फ्रान्सबाट कतारको दोहा हुँदै आएकी १९ वर्षीय युवतीमा चैत १० गते र चैत ६ मा यूएईबाट आएका धादिङका ३४ वर्षीय युवकमा चैत १२ गते कोरोना संक्रमण पुष्टि भएपछि  टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा उपचाररत उनीहरूकाे दोस्रो रिपोर्ट पनि पोजेटिभ आएको छ ।

मंगलबार थ्रोट स्वाब संकलन गरी परीक्षणका लागि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला पठाइएको थियो । दोस्रो रिपोर्ट नेगेटिभ आए उनीहरुलाई डिस्चार्ज गर्ने तयारी थियो । उनीहरु दुबैको स्वास्थ्य अवस्था भने सामान्य रहेकाे अस्पतालले जनाएकाे छ ।

बुधबार रिपोर्ट पोजेटिभ आएपछि अब दुई दिनपछि फेरि नमुना संकलन गरेर परीक्षण गरिने टेकु अस्पतालका एक चिकित्सकले बताए ।

 

Leave a Reply

Your email address will not be published.