गौरादह । गौरादहमा थप एकजना कोरोना संक्रमितको मृत्यु भएको छ ।
गौरादह ३ गौरीगाउँकी ६० बर्षिया महिलाको शुक्रबार विराटनगरको कोशी कोभिड अस्पतालमा उपचारको क्रममा मृत्यु भएको गौरादह नगरपालिका स्वास्थ्य शाखाका सहसंयोजक गोविन्द श्रेष्ठले बताए । गौरादहमा कोरोना भाइरसको नयाँ भेरियन्टबाट मृत्यु हुनेको सँख्या ७ पुगेको छ ।