पर्यटन

पर्यटन प्रवर्धनका लागि झापामा र्याली

दमक/ संघारमा नै आएको पर्यटन वर्ष २०२० को स्वागत गर्दै दमक–कमल साईकल र्याली हुने भएको छ ।
सोमबार, दमकमा पत्रकार भेटघाट गरेर वल्क नेपालले पर्यटन व्यवसायलाई सघाउ पुर्याउन कार्यक्रम गर्न लागेको जनाईयो ।

वल्क नेपालका कार्यक्रम संयोजका मनिष आङबो लिम्बूले दमकदेखि कमल गाउँपालिकाको वडा नं ३ स्थित शहिद गेटसम्म पुष १९ गते साइकल र्रुयाली गरिने कार्यक्रम रहेको बताए । सोही संस्थाले पूर्वको प्रसिद्ध पर्यटकीयस्थल शिबसताक्षी–१० को दोमुखामा समेत साँस्कृतिक कार्यक्रम गर्ने जनाईयो ।

कार्यक्रम संयोजक लिम्बूका अनुसार प्रदेश १ को १४ वटा जिल्लाहरूको पर्यटकीय स्थलहरूको प्रचार प्रसार र प्रर्वद्धनको निम्ति कार्यक्रम सञ्चालन गरिने छ ।सो पत्रकार सम्मेलनमा मेची करिडोरका अध्यक्ष तथा होटल व्यवसायी संघ दमकका अध्यक्ष राजन दंगालले पर्यटन प्रवद्र्धनका लागि सवै क्षेत्र विच सहकार्य आवश्यक रहेको बताए ।

Author

You may also like