समाचार

फिल्डबुक भएको बालुवाटारकाे जमिनको धनीपूर्जा पाउनुपर्ने माग

दमक/ दमकका एक दर्जन भन्दा बढी परिवारले आफूहरूको फिल्डबुक भएको जमिनको धनीपूर्जा पाउनु पर्ने माग गरेका छन् ।
बुधबार दमकमा पत्रकार सम्मेलन गरी उनीहरूले आफूहरूको फिल्ड बुक भएको जमिनसमेत व्यक्तिले कब्जा गर्न खोजेको उनीहरूले आरोप लगाएका हुन् । आफूहरूको बर्सौँ बसोबास भएको जमिनसमेत व्यक्तिले निजी बनाउन खोजेको र धनीपूर्जा समेत नपाएको उनीहरूको भनाइ छ ।
दमक–८ को हालको बालुवाटार भन्ने स्थानमा बसोबास गरेका ८८ परिवार बाढीका कारण विस्थापित भएको र त्यहाँको जमिन व्यक्तिगत बनाउने प्रयास गरिएको हजुरआमाको नाममा सोही ठाउँमा जग्गा भएका सञ्जीव मगरले बताए । आफू सो ठाउँमा २०३२ सालमा जन्मिएको र २०३९ सालमा ३ कट्ठा १९ धुर जमिनको फिल्डबुक भए पनि धनीपूर्जा नपाएको उनको भनाइ छ । यस्तै श्रीमती सन्ध्यादेवी माझीको नाममा साढे ३ कट्ठा जमिन भए पनि १२ धुरको मात्र धनीपूर्जा पाएको सोही ठाउँका बुद्धिमान माझीले जनाएका छन् ।
सो ठाउँमा बसोबास गर्नेहरू २०४२ सालमा बाढी आए पछि विस्थापित भएको र ३ वर्ष अघि आफ्नो जमिनमा घर बनाउन नदिईएको ६९ वर्षिय तसरमान श्रेष्ठले बताएका छन् । वर्षौ सम्म आफ्नो जमिनमा खोलो कुदेको र खोलाले छोडे पनि उपयोग गर्न खोज्दा नदिईएको उनको भनाई छ । यस्तै आफ्ना बुवाको नाममा जमिन भए पनि आफू अहिले भाडाको घरमा बस्नु परेको मनप्रसाद लिम्बूले बताएका छन् । उनीहरू सवैले आफ्नो निजी र जोतभोग गरेको जमिन हाल प्रशासनद्वारा खोजि भई रहेका रेवतराज पूरी गगनले कव्जा गरेको आरोप लगाएका छन् । पुरी बिरुद्ध सार्वजनिक जमिन निजी बनाउने अभियोगमा अदालतबाट पक्राउ पुर्जी जारि भएको छ । यस अघि पुरीले पटक पटक जमिनको समस्या समाधान गरिदिने बताए पछि पछिल्लो समय जग्गा नदिने बरु केहि रकम दिने भनेर बताउँदै आएको आफ्नो जमिन भए पनि ठेला चलाएर जिविका चलाउँदै आएका अघोडीया माझीले बताए । आफूले २ कट्ठा भोगचलन गरेको तर १४ धुरको मात्र धनीपूर्जा पाएको उनको भनाई छ । आफूले खरिद गरेको जमिन माथि पनि पुरीले कव्जा जमाएको उनले आरोप लगाएका छन् ।
उनीहरू सवैको आरोप पूरी माथि रहेको छ । तर अदालतद्वारा पक्राउ पूर्जी समेत जारि गरिएका पुरीले सामाजिक सञ्जाल मार्फत मात्र सवै आरोपको खण्डन गर्दै आएका छन् । यस अघि पुरीले परिवारको तर्फबाट पत्रकार सम्मेलन गरि ति आरोपका खण्डन गरिएको थियो ।
दर्जनौँ परिवारको जग्गा पुरीले कव्जा गरेको भन्दै आफूले २०७४ असार ७ गते अख्तियार दुरूपयोग अनुसन्धान आयोगमा समेत उजुरी दिएको आफ्नो र मावली परिवारको जमिन रहे पनि उपयोग गर्न नपाएको बताउने संजिव मगरले जनाएका छन् । उजुरीपछि समेत पटक–पटक धाउँदा पनि कार्वाही प्रकृया चलि रहेको जवाफ पाएको र हाल पुरी सम्पर्क बिहीन बनेपछि पीडितहरू एकठाउँमा आएको उनको भनाई छ ।

Author

You may also like