समाचार

भारतले चीनकाे भूमि पनि नक्सामा पारेकाे चिनियाँहरूकाे दाबी

काठमाडौं/ भारतले जारी गरेको आफ्नो प्रशासनिक नक्सामा चीनको समेत भूभाग पारेको एक चिनियाँ प्राध्यापकले दावी गरेका छन् ।
नेपाल भ्रमणमा आएका चिनिया प्राध्यापक तथा थिंक ट्यांकहरुले सोमबार नेपाली पत्रकारहरुसँग भारतले चीन र पाकिस्तानको भूभागसमेत नयाँ नक्सामा हालेको बताएका हुन् ।
चाइना इस्टिच्युट अफ फुदान विश्वविद्यालयका निर्देशक तथा अन्तर्राष्ट्रिय मामिला विज्ञ प्राध्यापक झाङ वेइवेइले आइतबार प्रेस काउन्सिल नेपालको हलमा आयोजित छलफल कार्यक्रममा छिमेकी सबै मुलुकसँग भारतको सीमा समस्या रहेको बताए । भारतले भुटान बाहेक अरु सबै छिमेकीसँग सम्बन्ध सुधार गर्न नसकेको समेत उनको बताए ।
चाइनिज एकेडेमी अफ इन्टरनेशन ट्रेड एण्ड इकोनोमिक ओअपरेशनका उप निर्देशक झु काइहुवाले नेपाली भूमि भारतले मिचेको बारेमा चीन जानकार रहेको बताए । उनले यो समस्या दुई देशबीच वार्ताबाट समाधान होस् भन्नेमा चीन रहेको र यसबारेमा चीनको अलग्गै अडान नरहेको बताए ।
उनले नेपाली भूभागमात्र होइन लद्दाखको नक्सामा चीन र पाकिस्तानको भूभाग समेत भारतले आफ्नोमा देखाएको बताए । भारतको सो नक्साका बारेमा चीनले आधिकारिक रुपमा आपत्ति जनाएर त्यसलाई अस्वीकार गरिसकेको समेत उनले जानकारी दिए ।
दक्षिण एशियाको विकासका लागि चीनले अघि सारेको चीन नेपाल भारत त्रिदेशीय आर्थिक करिडोरबाट भारत हच्किएको प्राध्यापक वेइवेइले बताए । उनले क्षेत्रीय आर्थिक साझेदारीमा भारतलाई जोड्न कठिन रहेको समेत टिप्पणी गरे ।

सबै छिमेकीसँग भारतको समस्या
वेइवेइले भने ‘भारतको सबै छिमेकीसँग समस्या देखियो । हामीले चाइना नेपाल भारत आर्थिक कोरिडोरको प्रस्ताव ल्यायौं तर ऊ त्यसबाट हच्कियो । बिआरआईमा पनि ऊ हच्किएको छ । सीमा समस्याहरु शान्तिपूर्ण ढंगले समाधान हुनुपर्छ, यसमा चीनको फरक अडान हुन्न ।’
नेपाल–भारत सिमा समस्याबारे चीनको विदेश मन्त्रालयले आफ्नो धारणा राखिसकेको भन्दै उनीहरुले लिपुलेकको बारेमा पनि चीन आवश्यकता परेमा छलफल गर्न तयार रहेको बताए । उनले नेपालको सार्वभौमिकतालाई भारतले सम्मान गर्नुपर्ने बताए ।
चीनको विदेश मन्त्रालयको एशिया मामिला सम्बन्धी बिभागकी द्धितीय सचिव किन वेन्सीले राष्ट्रपति सी जिनपिङको भ्रमणले नेपाललाई चीनले महत्व दिएको प्रष्ट हुने बताइन् । उनले भारतसँगको सिमा समस्या चीनले पनि भोगिरहेको भन्दै छलफलबाटै समाधान हुनुपर्ने बताइन् ।
उनले नेपालको चीनसँगको ब्यापार घाटा कम गर्नका लागि कृषि र पर्यटन उद्योगको विकास हुनुपर्ने धारणा व्यक्त गरिन् ।

Author

You may also like