काठमाडौँ, चिनियाँ राष्ट्रपति शी चिनफिङले नेपालको विकासका लागि रणनीतिक साझेदारी गर्ने प्रतिबद्धता जनाएका छन् ।
उनले नेपाललाई भूपरिवेष्टीत राष्ट्रबाट भूजडित राष्ट्र बनाउन मद्दत गर्ने आश्वासन दिए । राष्ट्रपति विद्यादेवी भण्डारीले आयोजना गरेको स्वागत समारोहलाई सम्बोधन गर्दै राष्ट्रपति शीले दुई देशले अझ बढी बहुपक्षीय सहकार्य गर्नेछ विश्वास व्यक्त गरेका हुन् ।
चिनियाँ भाषामा सम्बोधन गरिएको र अनुवाद गरिएको सम्बोधनका क्रममा राष्ट्रपतिले शरद ऋतुमा फूल फुलेको, कान्तिपुर नगरीमा आफ्नो पहिलो भ्रमण रहेको बताए ।
‘नेपालको राजनीतिक स्थायित्व, सदभाव र खुसी देख्दा हर्ष लागेको छ,’ शीले भने, ‘मलाई आशा छ, दुई देशले अझ घनिष्ठ राजनीतिक सम्बन्ध राख्नेछन् ।’
राष्ट्रपति शीले चीन नेपाल दौत्य सम्बन्ध मैत्रीपूर्ण नमूना भएको बताए । ‘चीन र नेपालको बीचमा केही समस्या छैन मित्रता मात्र छ’ उनले भने । उनले अगाडि थपे, ‘दुवै पक्षले सहकार्य गरेर, विकास र समृद्धितर्फ अघि बढ्ने र रणनीतिक साझेदारी गर्ने निर्णय गरेका छौं ।’
राष्ट्रपति शीले नेपालसँग सीमापार रेल्वे विस्तारका लागि सम्भाव्यता अध्ययन गर्ने प्रतिबद्धता जनाए । उनले भने, ‘मलाइ आशा छ, अझ सुविधाजनक कनेक्टिभिटी संजाल निर्माण हुनेछ । हामीले चीन नेपाल सीमापार नेपाल सम्भाव्यता गनेएछौ, अरनिको राजमार्गको स्तरोन्नती गर्नेछौ । केरुङ-काठमाडौं सडकको सुरुङ मार्ग बनाउनेछौ ।’
राष्ट्रपति शीले दुई देशबीचको समझदारी बढ्ने विश्वास व्यक्त गरे ।
‘सन् २०२० को भ्रमण वर्षको अवसरमा हामीले बढी भन्दा बढी चिनियाँ पर्यटक नेपाल आउन प्रेरित गर्नेछौ,’ राष्ट्रपति शीले प्रतिबद्धता व्यक्त गर्दै भने, ‘दुई देशका बढी भन्दा बढी शहरलाई भगिनी शहर बनाउन प्रेरित गर्नेछौं, जसबाट दुई देशका मित्रता अंकुरन होस् ।’
राष्ट्रपति शीले दुई देशले अझ बढी बहुपक्षीय सहकार्य गर्ने विश्वास व्यक्त गरे । ‘मलाइ धेरै खुसी लागेको छ, भ्रमणको क्रममा नेपालसँग मिलेर चीन-नेपालबीच नयाँ खाका बनाउन सकेकोमा खुसी छु । भोलि प्रधामनन्त्रीसँग द्विपक्षीय चासो र बारेमा छलफल गर्नेछौ,’ शीले भने ।
राष्ट्रपति शीले आफूहरू मिलेर बनाएका योजना पूरा गरेरै छाड्ने प्रतिबद्धताको व्यक्त गरे । ‘संयुक्त प्रयासद्वारा दिपक्षीय सम्बन्धको नयाँ परिभाषा स्थापित गरौँ,’ उनले भने, ‘नेपालको समृद्धि र चीन नेपालको सम्बन्ध पुस्तौ पुस्ताको लागि स्थापित गरौँ, यहाँ उपस्थित सबैको सुस्वास्थ्यको कामना गर्दछु, चियर्स !’ ।
भेटवार्ताका अवसरमा चिनियाँ राष्ट्रपति सीले विश्वविद्यालयका क्षेत्रमा पनि सहयोग गर्न तथा सुविधा विस्तार गर्न चीन तयार रहेको बताउँदै नेपालीको जीवनस्तर उकास्नका लागि सन् २०२० देखि २०२२ सम्मका लागि ३.५ अर्ब आरएमबी(झण्डै ५६ अर्ब नेपाली रुपैयाँ) उपलब्ध गराइने ।प्रतिबद्धताको व्यक्त गरे ।
नेपालमा कम्युनिष्ट पार्टीले शासन सम्हालेपछि गरेको विकासका लागि हार्दिक बधाई व्यक्त गर्दै चीनले शान्तिपूर्ण सहअस्तित्वको सिद्धान्तका आधारमा सम्बन्ध स्थापना गरेको र सबैका लागि सबैसँग मिलेर सम्बन्ध बलियो बनाउने प्रयास गरेको बताएकाछन ।
उहाँले गरिबी निवारणका क्षेत्रमा चिनियाँ अनुभव सिक्न सकिने बताउँदै चीनमा यस्तो कार्य उद्देश्यअनुरुप भएको र ८० करोड मानिसलाई गरीबीबाट मुक्त गरिएको तथा सन् २०२० मा गरीबी पूर्ण उन्मूलन गर्ने लक्ष्य लिइएको जानकारी गराए । सिले हिमालपार रेलमार्ग निर्माण गर्न कठिन भए पनि यसको निर्माणका लागि काम गरिने स्पष्ट पारे । चीनले रेल निर्माणका क्षेत्रमा विश्वमै अग्रणी भूमिका खेलेको बताउँदै यसमा चरणबद्ध रुपमा काम गर्न सकिने बताएका छन् ।
नेपालले जलवायु परिवर्तनबाट भोगेको समस्याबारे चीनले जानकारी पाएको र समस्या समाधान गर्न संयुक्त रुपमा काम गर्न सकिने बताउँदै हिमाली क्षेत्रका बासिन्दालाई सरलरुपमा पुनःस्थापना गरी उनीहरुको जीवनस्तर उकास्न सकिनाका साथै सगरमाथाको उचाइ मापन संयुक्त रुपमा गर्न सकिने उल्लेख गरे ।
उन्ले नेपाल भ्रमण वर्ष प्रवर्द्धन गर्न अभिप्रेरणा प्रदान गर्ने, राजनीतिज्ञ, सांसद र आमसञ्चारमा आदानप्रदान गर्न सकिने तथा सांस्कृतिक आदानप्रदान गरिने जानकारी पनि गराए ।
राष्ट्रपति सीले चीनको धेरै मुलुकसँग व्यापार असन्तुलन भएका स्थितिमा यसलाई समाधान गर्न सकिने विश्वास दिलाउँदै नेपालले प्रतिस्पर्धात्मक वस्तु निर्यात गर्न सक्ने बताए । उनले नेपाललाई अन्तरराष्ट्रिय व्यापार एक्सपोमा सहभागी हुन आग्रह गर्दैै चीनका व्यापारीलाई नेपालमा ठूला र गुणस्तरीय लगानी गर्न अभिप्रेरित गरिरहेको बताएका छन ।
त्यस अवसरमा चिनियाँ राष्ट्रपतिले आगन्तुक पुस्तिकामा हस्ताक्षर पनि गरे । त्यस अवसरमा उपप्रधानमन्त्री तथा रक्षा मन्त्री, गृह मन्त्री, परराष्ट्र मन्त्री, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री, खानेपानी तथा सरसफाइ मन्त्री तथा नेपाल र चीन सरकारका उच्चपदस्थ अधिकारीको उपस्थिति थियो ।
राष्ट्रपति शीभन्दा पहिला सम्बोधन गरेकी राष्ट्रपति भण्डारीले नेपाली जनता नेपाल र चीन रेलमार्गले जोडिएको हेर्न चाहेको बताएकी थिइन् ।