देश–समाज

परराष्ट्र मन्त्रालयले रात्रिभोजमा सहभागीहुनेहरुलाई निम्तोकार्ड

भक्तपुर , चिनियाँ राष्ट्रपति सी चिनफिङका लागि शनिबार राति आयोजना गरिने रात्रिभोजमा सहभागीहुनेहरुका लागि परराष्ट्रमन्त्रालयले कडा नियम बनाएको छ ।

रात्रि भोजमा सहभागी हुने नेपाली अतिथिहरुको हकमा विभिन्न ७ वुँदे शर्त राखिएका छन् । उनीहरुले यी सात बुँदाको पालना गर्दै अनुशासनमा बस्नुपर्ने छ ।

रात्रिभोज व्यवस्थापनको पाटो सम्हालेको परराष्ट्र मन्त्रालयले रात्रिभोजमा सहभागीहुनेहरुलाई निम्तोकार्ड समेत पठासकेको छ ।

यस्ता छन् सातबुँदे शर्त

१,पुरुषको हकमा राष्ट्रिय पोशाक वा कालो डार्क सुट, सेतो सर्ट, तुना वाध्ने छालाको कालो जुत्ता र महिलाको हकमा राष्ट्रिय पोशाक सारी वा डार्क सुट अनवार्य रुपमा लगाउनु पर्ने ।

२, सिटिङ ब्याङकेट भएको हुनाले निम्ता कार्ड प्राप्त हुनासाथ सहभागी हुने वा नहुने जानकारी शीघ्र गराउनु पर्ने ।

३, सुरक्षा जाँचको कारण निम्ता कार्डमा तोकिएको समयभन्दा ४५ मिनेट अगावै भोज स्थल पुग्नुपर्ने ।

४, मोवाइल फोन स्वीच अफ गर्नुपर्ने, तस्विर खिच्न नपाइने ।

५, प्रमुख अतिथिले खाना ग्रहण गर्न शुरु गरेपछि मात्र आफुले शुरु गर्नुपर्ने ।

६, सिटिङ डिनर चलिरहेको वेला उठ्न नपाउने, र प्रमुख अतिथि हल बाहिर निस्केपछि मात्र उठ्न पाउने ।

७, पाहुनालाई प्राथमिकता दिनु पर्ने ।

You may also like