देश–समाज पत्रपत्रिका

एकै परिवारका पाँच जनाको शव भेटियो

बारा, बाराको फेटा गाउँपालिका– ४ एक घरभित्रै रहेको निर्माणधिन ट्यांकीमा एकै घरका ५ जनाको शव सेप्टिक ट्यांकीभित्र भेटिएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।

मृत अवस्थामा फेला पर्नेमा बारा बतरा टोलका ४० वर्षीय जोगा मुखिया बिन, उनकी पत्‍नी लालमुनी देवी, छोरी १० वर्षीय सुमनी कुमारी, जोगाका भाइ करिब ३५ वर्षीय महेन्द्र मुखिया बिनलगायत रहेका छन् । मृतक महेन्द्रका श्रीमती र उनका २ छोरी भने घरबाहिर भएकोले सुरक्षित रहेको बताइएको छ ।

उनीहरूको मृत्युको कारण थाहा हुन सकेको छैन । प्रहरीले सेप्टिक ट्यांकीभित्र निसासिएर ज्यान गुमाएको हुन सक्ने प्रारम्भिक अनुमान गरेको छ । बुधबार राति ८ बजेतिर प्रहरीले सो घटनासम्बन्धी जानकारी पाए पश्चात प्रहरीले शव बहिरा निकालेको छ ।

You may also like