समाचार

प्रधानमन्त्री ओलीद्धारा मुख्यमन्त्री तथा प्रदेश प्रमुखका कार्यालयको शिलान्यास

काठमाण्डौ, प्रधानमन्त्री केपी शर्मा ओलीले ललितपुरको भैंसेपाटीमा बन्न लागेको मुख्यमन्त्री तथा प्रदेश प्रमुखको आवास तथा सम्पर्क कार्यालयको सोमबार शिलान्यास गर्नुभएको छ । सरकारले ललितपुरमा १४९ रोपनी ४ आना ३.२८ दाम जग्गा छुट्टाएर सभामुख, उपसभामुख, राष्ट्रियसभा अध्यक्ष, उपाध्यक्ष, मन्त्री, प्रदेश प्रमुख, मुख्यमन्त्रीहरुका लागि सुविधासम्पन्न अलग–अलग भवन बनाउने भएको हो ।

दुई वर्षभित्र मन्त्री निवासका साथै राष्ट्रियसभा अध्यक्ष, उपाध्यक्ष, सभामुख, उपसभामुखका लागि २७ वटा भवन बनाइनेछ । सो भवन निर्माणका लागि १ अर्ब ४५ करोड रुपैयाँ विनियोजन गरिएको छ । यस्तै, प्रदेश प्रमुख र मुख्यमन्त्रीहरुका लागि बन्ने १४ वटा भवनका लागि ८५ करोड बजेट छुट्याइएको छ ।

गत १२ मंसिरमा बसेको मन्त्रिपरिषद् बैठकले भैंसेपाटीमा मन्त्री निवास, राष्ट्रिय सभा अध्यक्ष तथा उपाध्यक्षको आवास, प्रदेश प्रमुख र मुख्यमन्त्रीको आवास तथा सम्पर्क कार्यालय निर्माण गर्ने निर्णय गरेको थियो ।

You may also like