देश–समाज

शक्तिपीठहरुमा नवरात्र सुरु भएसँगै दर्शनार्थीहरुको भीड

पुराणहरुका अनुसार सतिदेवीको विभिन्न अ‌ंग पतन भएको स्थानहरुलाई शक्तिपीठको रुपमा व्याख्या गरेको छ । हिन्दू धर्ममा शक्ति भन्नाले महिला शक्तिलाई चिनिन्छ ।

स्कन्द पूराणले पनि शक्तिपीठहरुको बारेमा उल्लेख गरेको छ । स्कन्द पुराणका अनुसार सतिदेवीको दाँत पतन भएको ठाउँमा दन्तकाली देवी स्थापना गरिएको छ । दन्तकाली मन्दिर धरान नगरपालिका वडा नं १४ विजयपुर डाँडाको मध्य भागमा अवस्थित छ । यो पनि शक्तिपीठ मध्येको एक महत्वपूर्ण स्थल मानिन्छ ।

त्यस्तै, बाँके जिल्लाको नेपालगञ्जमा रहेको बागेश्वरीदेवीको मन्दिरलाई पनि शक्तिपीठको रुपमा मान्ने गरिन्छ । सो स्थानमा सतिदेवीको जिब्रोको पतन भएको थियो । अर्को शक्तिपीठको रुपमा रहेको विन्ध्यबासिनी मन्दिर पोखरा शहरमा अवस्थित प्रसिद्ध मन्दिर हो ।

त्यस्तै, लिच्छविकालमा बनेको काभ्रेको पलाञ्चोक भगवती, ताप्लेजुङको पाथिभरा भगवती, धनकुटा जिल्लाको छिन्ताङदेवी, नुवाकोट जिल्लाको जालपादेवी, काठमाडौं जिल्लाको गोकर्णमा रहेको भैरवीदेवी, सल्यान जिल्लाको लक्ष्मीपुरमा रहेको कमलाक्षी मन्दिर, सल्यान जिल्लाको छायाँक्षेत्रमा रहेको छत्रेश्वरी मन्दिर, दैलेख जिल्लाको ज्वालादेवी, ते‍ह्रथुम र पाँचथरमा रहेको सिंहबाहिनी, बाजुरा जिल्लाको बडीमालिका, सप्तरी जिल्लाको सखडा भगवती, सिन्धुलीकी कमलामाई आदि नेपालका चर्चित शक्तिपीठहरु हुन् ।

यी शक्तिपीठहरुमा नवरात्र सुरु भएसँगै दर्शनार्थीहरुको भीड हुने गर्दछ ।

Author

You may also like