देश–समाज

जलवायु विश्वव्यापी चुनौतिबारे गम्भीर बन्न मन्त्री बस्नेतको अपिल

काठमाडौं, वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेतले जलवायु परिवर्तनका कारण विश्वव्यापी चुनौतीका रुपमा सिर्जित संकट समाधानका लागि गम्भीर बन्न विश्व नेताहरुलाई अपिल गर्नु भएको छ । समस्या समाधानका लागि समयमै उचित कदम नचालिए पृथ्वी र मानव अस्तित्व नै संकटमा पर्ने खतरा बढेकोतर्फ उनले नेपालको तर्फबाट विश्व समुदायको ध्यानाकर्षण गराएको उनको निजी सचिवालयले जनाएको छ ।

संयुक्त राष्ट्रसंघको आयोजनामा अमेरिकाको न्यूयोर्कमा भएको जलवायु कार्यशिखर सम्मेलनको ‘अ कल फर एक्सनः रेजिङ एम्बीसन फर क्लाइमेट एडप्टेशन एण्ड रेजिलियन्स र ‘कम्युनिटी रेजिलियन्स पार्टनरसिप प्रोगाम’ मा सम्बोधन गर्दै मन्त्री बस्नेतले यस्तो अपिल गर्नु भएको हो । मन्त्री बस्नेतले समस्याको दीर्घकालीन र दिगो समाधानका लागि सबैले हातेमालो गर्नुपर्नेमा जोड दिनु भएको छ।

You may also like