काठमाडौं, तेस्रो संस्करणको साफ यू–१८ फुटबल च्याम्पियनसिप फुटबलको दोस्रो खेलमा नेपाल पराजित भएको छ । आइतबार एपीएफको हलचोक मैदानमा भएको खेलमा नेपाल भुटानसँग ३–० गोल अन्तरले पराजित हुन पुगेको हो ।
पहिलो हाफमा १–० ले पछि परेको नेपालका लागि दोस्रो हाफमा भने भुटानले थप २ गोल गर्दै सहज जीत निकाल्न सफल रह्यो । भुटानका लागि ३७ औं मिनेटमा येशी दोर्जी, ८६ औं मिनेटमा केल्जाङ जिम्मी र अन्तिम मिनेटमा कर्मा सोनामले गोल गरे । खेलमा नेपालले पाएको केहि राम्रो अवसर खेर फाल्दा नेपाल पराजित हुन पुग्यो ।
प्रतियोगिताको समूह ‘ए’ मा रहेको नेपालले पहिलो खेलमा माल्दिभ्ससँग १–१ गोलको बराबरी खेलेको थियो ।