प्रधानमन्त्री राष्ट्रिय प्रतिभा पुरस्कार डा. सन्दुक रुइतलाई प्रदान

काठमाडौँ, प्रधानमन्त्री राष्ट्रिय प्रतिभा पुरस्कारबाट आँखारोग विशेषज्ञ डा.सन्दुक रुइत पुरस्कृत भएका छन् । आइतबार काठमाडौँमा आयोजित कार्यक्रममा राष्ट्रपति विद्यादेवी भण्डारीद्वारा ५ लाख रुपैयाँ राशीको उक्त पुरस्कार उनलाई प्रदान गरिएको हो ।

त्यस्तै राष्ट्रिय प्रतिभा अनुदान सहयोग रदी मिया र विकल्प ढुंगानालाई प्रदान गरिएको छ । उनीहरुलाई जनही २ लाख ५० हजार रुपैयाँ दिइएको छ ।

Leave a Reply

Your email address will not be published.