दमक÷ दमकमा राष्ट्रिय कर दिवस एवम् कर सप्ताह समापन समारोहविच बक्ताहरुले कर समयमा तिर्नसके मुलुकको अर्थतन्त्रमा सहयोग पुग्ने बताएका छन् ।
सोमबार दमक उद्योग वाणिज्य संघको सभाहलमा आयोजित कर सप्ताह समापन समारोहलाई सम्बोधन गर्दै दमकका प्रमुख कर अधिकृत सूर्यबहादुर कुँवरले समयमा कर तिर्नु नागरिकको कर्तब्य भएको बताए । उनले सबैकुरा ठीक भएपछिमात्रै हामी कर तिर्छौ भन्नेकुरा गलत भएको बताए । उनले आफूले कर तिरेपछि छिमेकीलाई पनि सूचित गर्न आग्रह गर्दै सप्ताह अभियान भब्य रुपमा सम्पन्न गर्न सहयोग पुर्याउने सबैप्रति धन्यवाद ज्ञापन गरेका छन् ।
कार्यक्रममा दमक उद्योग वाणिज्य संघका अध्यक्ष देवीप्रसाद गुरागाईँ (गोपाल), उद्योग वाणिज्य महासंघका केन्द्रिय सदस्य गोकुल श्रेष्ठ, दमक नगरपालिका वडा नं. ७ का वडाअध्यक्ष भिम पौडेल, इलाका प्रशासन कार्यालय उर्लावारीका कार्यालय प्रमुख नारायण पाण्डे लगायतले कर तिर्नुपर्ने आवश्यकताबारे धारणा राखेका थिए । सम्मानित हुनेहरुको तर्फबाट मेची सहकारीका अध्यक्ष नारायण भट्टराईले मन्तब्य राखेका थिए ।
उत्कृष्ट करदाता सम्मान
आन्तरिक राजस्व कार्यालय दमकले १४औँ राष्ट्रिय कर दिवस तथा कर सप्ताहको अवसरमा आफ्नो कार्यक्षेत्रभित्रका उत्कृष्ट करदाताहरूलाई सम्मान गरेको छ । जस अनुसार आर्थिक वर्ष २०८१÷०८२ मा सबैभन्दा बढी कर दाखिला गर्ने तथा विभागीय निर्देशन बमोजिम छनोट भएका विभिन्न क्षेत्र, विधा र स्थानीय तहका करदाताहरूलाई सम्मान गरिएको हो ।
विभागीय निर्देशन बमोजिम छनोट भएका करदाताहरू मङ्सिर १ देखि ७ गतेसम्म मनाइएको कर सप्ताहको सन्दर्भमा छनोट गरिएका करदाताहरूको विवरण यस्तो छः मेची बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड (दमक–६, झापा)ः कार्यालय अन्तर्गतका सबैभन्दा बढी आयकर दाखिला गर्ने पहिलो संस्था हो । जसको (दाखिला आयकरः ७१,२०,०८५.५५। रहेको छ । सो पुरस्कार संस्थाका अध्यक्ष नारायण प्रसाद भट्टराईले ग्रहण गरेका थिए । यसैगरी राजेश मोटर्स दमक–५, झापा, दाखिला आयकर. ५४,४७,४५६.७६। रहेको छ । अर्नभ इन्टरप्राइजेज कमल–५, झापा रहेको छ, जसको दाखिला आयकर ४९,६०,८१७.१७ । रहेको छ । पञ्चायन ट्रेड एण्ड सप्लायर्स उर्लाबारी–४, मोरङ, रहेको छ , जसको आयकर
दर्जनबढी……४४,४२,४०८.०१। यसैगरी डा. विमला बुढाथोकी दमक–८, झापा, व्यक्तिगत आयतर्फ सबैभन्दा बढी आयकर तिर्ने करदाता (दाखिला आयकरः १६,४४,९२९.६२ । रहेको छ । यस्तै जय गुरु राइस मिल दमक–९, झापा, उद्योग क्षेत्रतर्फ दाखिला आयकर ३१,६१,९९४.२५ रहेको छ ।
यसैगरी स्थानीय तह तथा विभिन्न विधाका अन्य सम्मानित करदाताहरूमा कन्काई ग्यास उद्योग प्रा.लि. गौरादह–१, झापा, २८,७२,०९१.५२।, लाइफ लाइन अस्पताल प्रा.लि. दमक–५, झापा,. २७,०८,१७२.३९। मिलेनियम सिद्धार्थ एजुकेशन फाउण्डेशन प्रा.लि.दमक–७, झापा, शिक्षा क्षेत्र १६,१५,२१२.१०। रहेको छ । श्री छिमेकी बचत तथा ऋण सहकारी संस्था लि. शिवसताक्षी–८, झापा, १५,७४,०८८.२४।, बिष्ट हार्डवेयर (पथरी शनिश्चरे–१, मोरङ १४,१४,९०२.१८।, ओम श्री कसर उद्योग एण्ड सप्लायर्स प्रा.लि. (लेटाङ–३, मोरङ १२,५१,७६३.८६।, फुयल सुनचाँदी पसल, कानेपोखरी–६, मोरङ ४,८६,४२१.४०।, आर्यन मनि ट्रान्सफर गौरीगञ्ज–३, झापा ४,२९,६४२.१६।, दियालो ह्याचरी मिक्लाजुङ–७, मोरङ २५,५५,६१.४४।, महाविर फार्मेसी प्रा.लि.दमक–६, झापा ३२,४६,४५४.८४।, इस्टर्न फुट एण्ड वेभरेज प्रा.लि. कमल–६, झापा २९,४०,०१५.०१। रहेका छन् । यस्तै पञ्चमुखी फर्मा प्रा.लि.दमक–५, झापा २८,६४,३२९.८२।, मेडिसिन ट्रेड सेन्टर प्रा.लि.दमक–६, झापा २७,५२,१८३.१५।, धमला फलफूल सेन्टर दमक–६, झापा २१,९३,१४६.६४ रहेको छ, यो सेन्टर आयात कारोबार गर्नेमध्ये सबैभन्दा बढी करदाखिला गर्ने करदाता संस्था हो ।