समाचार

बलात्कारकाे आरोप लागेका सिध्दबाबा भनिने कृष्णबहादुरले पाए सफाई

बिराटनगर/ बलात्कारको आरोपमा लागेका चताराधाम आश्रमका सिद्धबाबा भनिने कृष्णबहादुर गिरीले सफाई पाएका छन् ।

सुनसरी जिल्ला अदालतका न्यायाधीश अर्जुनप्रसाद कोइरालाको इजलासले गिरीलाई सफाइ दिने फैसला गरेको हो ।

यसअघि गिरीलाई जिल्ला अदालत सुनसरी, उच्च अदालत विराटनगर र सर्वाेच्च अदालतले पुर्पक्षका लागि कारागार चलानको आदेश दिएको थियो ।

तिनै तहका अदालतले कारागार चलानको आदेश दिएपछि गिरी त्यसविरूद्ध फैसला माग्दै जिल्लन अदालत सुनसरी अदालतमा निवेदन दिन पुगेका थिए ।

‘नेपाल सरकारले लिएको अभियोग दाबी बमोजिम प्रतिवादीलाई जबरजस्ती करणीको कसुरमा सजाय हुनुपर्ने भन्ने अभियोग दाबी पुग्न नसक्ने हुँदा प्रतिवादी सिद्धबाबा भनिने कृष्णबहादुर गिरीले आरोपित कसुरबाट सफाइ पाउने ठहर्छ,’ फैसलालाई उद्धृत गर्दै सुनसरी जिल्ला अदालतका श्रेष्तेदार नगेन्द्रकेशरी पोखरेलले भने ।

तर, उनी थुनामा नबसिकनै बाहिरै बसे । पछि उच्च अदालतमा जान भनी हिँडेका गिरी जोगबनी नाकाबाट भारत फरार भएका थिए।
उनलाई केही महिनापछि प्रहरीले पक्राउ गरी कारागार पठाएको थियो ।

आफ्नै अनुयायीलाई बलात्कार गरेको कसुरमा सिद्धाबाबाविरूद्ध गत २०७६।९।१० गते मुद्दा दायर भएको थियो । मुद्दा परेपछि जिल्ला अदालतले उनलाई कारागार चलानको आदेश दिएको थियो । उनी र उनकी अनुयायीसँग भएको वार्तालापको अडियो समेत बाहिरिए थियो । अडियोमा सिद्धबाबा भनिने कृष्णबहादुरले उनीहरुबीच भएको कुराहरु बाहिर नल्याउन अनुरोध गर्दै बरु आफ्नो लिङ्गनै काटेर फ्याकिदिनेसम्मको कुरा युवतीसँग गरेका थिए ।

Author

You may also like