अर्थ देश–समाज समाचार स्थानीय

दमकका ३४ सहकारीले बुझाएनन् विवरण

दमक/ झापाको दमक नगरपालिका क्षेत्रभित्र सञ्चालित ३४ वटा सहकारी संस्थाले प्रचलित कानुनअनुसार बुझाउनुपर्ने विवरण नबुझाएपछि कानूनी दायरामा तानिने भएका छन् ।
दमक नगरपालिका र कोशी प्रदेश सहकारी रजिस्ट्रार तथा प्रशिक्षण कार्यालयले छुट्टाछुट्टै सूचना जारी गर्दै ती सहकारी संस्थालाई तत्काल कानुनी दायरामा आउन निर्देशन दिएका छन् ।
दमक नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुनील निरौलाद्वारा जारी विवरणअनुसार दमक सहकारी ऐन, २०७५ तथा कोशी प्रदेश सहकारी ऐन, २०७६ को प्रावधानअनुसार बुझाउनुपर्ने विवरण लामो समयदेखि नबुझाउने सहकारीहरूलाई कानुनी प्रक्रिया पूरा गर्न भनिएको हो ।
दमक सहकारी ऐन, २०७५ को दफा ५३ को उपदफा (१) बमोजिम नगरपालिकामा नियमकीय विवरण नबुझाउने सहकारीको सूचीमा २६ संस्था रहेका छन् ।
जसअनुसार साविक दमक ११ को नेपाल औषधी व्यवसाय सहकारी संस्था लि, दमक १० को न्यु युनाईटेड बहुउद्देश्यीय सहकारी संस्था, दमक ६ को नारी एकता बचत तथा ऋण सहकारी संस्था, दमक १० को फुलवारी कृषि सहकारी संस्था, महिला जागरण उपभोक्ता सहकारी संस्था, दमक १ को सिद्धिदात्री कृषि सहकारी संस्था, दमक ८ को हिफाजत कृषि सहकारी संस्था, दमक १३ को कञ्चन दुग्ध सहकारी संस्था, कोहिनुर बचत तथा ऋण सहकारी संस्था रहेका छन् ।
यसैगरी, दमक ७ को हलेसी कृषि सहकारी संस्था, त्रिगंगा कृषि सहकारी संस्था, दमक ६ को नारायणी बचत तथा ऋण सहकारी संस्था, सब्जी बजार कृषि सहकारी संस्था, देवी पाथिभरा बचत तथा ऋण सहकारी संस्था, दमक उपभोक्ता सहकारी संस्था, पञ्चमुखी उपभोक्ता सहकारी संस्था, दमक ३ को हम्सेदुम्से दुग्ध उत्पादन तथा संकलन सहकारी संस्था, दीपज्योति बचत तथा ऋण सहकारी, मानसरोवर कृषि सहकारी संस्था, दमक ५ को माईपश्चिम बचत तथा ऋण सहकारी संस्था, संयुक्त कलाकर्मी बचत तथा ऋण सहकारी संस्था, हाम्रो सचेतना समृद्धी बहुउद्देश्यीय सहकारी संस्था, शितल कृषि सहकारी संस्था, मुनाल बचत तथा ऋण सहकारी संस्था, दमक ४ को लक्ष्मी बेराङ सामुदायिक बचत तथा ऋण सहकारी संस्था र दमक १ को हिमाञ्चल बचत तथा ऋण सहकारी संस्था रहेका छन् ।
मुनाल र दीपज्योति सहकारीले २०८२ सालको विवरणसमेत बुझाउन बाँकी रहेको उल्लेख छ ।

Author

You may also like