लामिछानेले भारत सामु राखेका प्रस्तावहरु
सिमाना विवाद समाधान
आइपिएलमा नेपाली खेलाडी नेपाली रगशालाको प्रयोग समेत गर्न
उर्जा बजार निर्माण सम्बन्धी प्रस्ताव
रक्सौल काठमाडौं रेलमार्ग
पोखरा लुम्बिनी देखि भारतसम्म हवाई उडान
सीमामा रासायनिक मल उद्योग
नेपालमा भारतीय शैक्षिक तथा स्वास्थ्य संस्थादमक । भारतीय जनता पार्टी (भाजपा)को निमन्त्रणामा भारत भ्रमणमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले भाजपाका नेता नितिन नवीनसँग नयाँदिल्लीमा भेटवार्ता गरेका छन् ।
भाजपाको केन्द्रीय मुख्यालयमा भएको भेटमा नेपाल–भारत सम्बन्ध, दुई दलबीचको सहकार्य, लोकतान्त्रिक अभ्यास, संगठनात्मक अनुभव आदानप्रदान तथा आपसी हितका विषयमा छलफल भएको जनाइएको छ।
भेटपछि भाजपा विदेश विभाग प्रमुख विजय चौथाइवालेले जारी गरेको विज्ञप्तिमा नेपाल र भारतबीचको सम्बन्धलाई थप प्रगाढ बनाउन संवाद महत्वपूर्ण रहेको उल्लेख गरिएको छ। उनले दुई देशका राजनीतिक दलबीचको औपचारिक संवादले भविष्यमा सहकार्यका सम्भावनालाई बल पु¥याउने बताएका छन्।
भाजपाले यो भ्रमणलाई नेपाल र भारतका सत्तारुढ दलबीच औपचारिक राजनीतिक संवादको नयाँ सुरुआतका रूपमा व्याख्या गरेको छ । विज्ञप्तिअनुसार रास्वपा प्रतिनिधिमण्डलले भाजपा अध्यक्षसहित वरिष्ठ नेताहरूसँग पनि भेटवार्ता गरिरहेको छ ।
रास्वपा प्रवक्ता मनीष झाका अनुसार जेठ २२ गतेसम्म रहने भ्रमणका क्रममा सभापति लामिछानेसहितको टोलीले भारतमा उच्चस्तरीय राजनीतिक तथा कूटनीतिक भेटघाट गर्नेछ । प्रतिनिधिमण्डलमा महामन्त्री तथा सांसद विपिनकुमार आचार्य, सांसद दीपक बोहरा र निकिता पौडेल सहभागी छन्।
भ्रमणका क्रममा लामिछानेले भारतीय सञ्चारमाध्यममा लेख प्रकाशित गर्दै नेपाल–भारत सम्बन्धलाई साझा सभ्यता, संस्कृति र ऐतिहासिक सम्बन्धका आधारमा अझ सुदृढ बनाउनुपर्ने धारणा व्यक्त गरेका छन्। उनले द्विपक्षीय सम्बन्धलाई राजनीतिक र कूटनीतिक क्षेत्रसँगै खेलकुद, सामाजिक तथा जनस्तरसम्म विस्तार गर्नुपर्ने आवश्यकता औँल्याएका छन् ।
रास्वपाका अनुसार भ्रमणका क्रममा भारतीय राजनीतिक नेतृत्वसँगै भारतमा रहेका नेपाली समुदायसँग पनि भेटघाट हुने कार्यक्रम रहेको छ ।