
दमक । केही दिनदेखि दमक नगरपालिकाले नगर क्षेत्रभित्रका विभिन्न वडाहरुमा भएका विकास निर्माणका कामहरुको निरन्तर अनुगमन गर्दै आएको छ । अहिलेसम्म आधा वडाको अनुगमन सकेको नगरपालिकाले मंगलबार वडा नं. ९ र ४ को अनुगमन गरेको छ । दमक नगरपालिकाका नगरप्रमुख रामकुमार थापा, उपप्रमुख रेगिना भट्टराई प्रसाई, वरिष्ठ प्रशासकीय अधिकृत यज्ञप्रसाद निरौला, वडा नं. ९ का वडाअध्यक्ष कुवेर भट्टराई, पूर्वाधार विकास शाखा प्रमुख अनन्त प्रसाद सेनेहाङ, इन्जिनियर र प्राविधिकहरुको टोलीले अनुगमन गरेको हो ।
अनुगमनका क्रममा पहिलो तार्गेट शैक्षिक संस्थालाई बनाइएको थियो । दमक–९ मा सञ्चालित सरस्वती माध्यमिक विद्यालयमा प्रदेश सरकारको बजेटबाट निर्माण भईरहेको भवनको निरीक्षण गरिएको थियो । सोही विद्यालयको कम्पाउण्डमा बन्दै गरेको बास्केटबल कोर्टको पनि अवलोकन गरिएको थियो ।
यसैगरी सो वडाका प्रदेश सरकराको योजनामा बन्दै गरेका बाटाहरुको अनुगमन गरिएको छ । सिर्जनशिल टोलदेखि वडा कार्यालयसम्म सो बाटो बनिरहेको र पिच नभएर लकिङ टायल विच्छ्याउने योजना रहेको वडाअध्यक्ष कुवेर भट्टराईले बताए । यसैगरी देउराली टोलमा वडास्तरीय योजना ७ लाखको बजेटमा ठेक्काबाट काम भईरहेको छ । आरति कपि उद्योग हुँदै पूर्वेली टोलमार्गका लागि ८० लाखको बजेटमा निर्माण कार्य भईरहेको भट्टराईले बताए । सोही मार्ग नजिकैबाट पूर्वेली टोलका विभिन्न शाखा बाटाहरु पनि प्याकेजको रुपमा ४० लाखको ठेक्कामा बनिरहेको पनि वडाअध्यक्ष भट्टराईले सुनाए ।
सोही वडामा रहेको बाल विकास केन्द्रमा फल्स सिलिङ, आँगनमा लकिङ टायल विच्छ्याउने योजनालाई अगाडि बढेको छ । सो केन्द्रमा २१ विद्यालयलाई दिइने प्याकेजको बजेटबाट सो बाल विकासमा निर्माण भइरहेको छ । पाणीनी स्कुल पश्चिममा वडा नं. ९ र १० को सिमानासम्मको १४ सय मिटर बाटो संघीय सरकारको सडक विभागबाट काम भईरहेको छ । यसैगरी, वडा नं. ४ मा निर्माण हुँदै गरेका, भईरहेका र हुन लागेका सबै योजनाहरुको अनुगमन भएको छ ।