देश–समाज राजनीति समाचार

मत माग्दै उम्मेद्वार, धनीपूर्जा माग्दै मतदाता

दमक/ आसन्न निर्वाचनको प्रचार अवधि सकिन लाग्दा उम्मेद्वारहरू मतदाता भेट्न गाउँ(गाउँमा सक्रिय बनेका छन् । राष्ट्रिय घोषणा(पत्र र स्थानीय प्रतिबद्धता(पत्र सार्वजनिक गर्दै विकास, रोजगारी, पूर्वाधार र सुशासनका मुद्दा अघि सारेका उनीहरू अहिले घरदैलो अभियानलाई तीव्रता दिइरहेका छन् । तर झापा, मोरङ् लगायतका जिल्लाका अधिकांश स्थानमा मतदाताले भने प्रत्येक उम्मेद्वारसँग भूमी सम्बन्धी समस्या समाधानको माग अघि सारेका छन् ।
झापाको कमल, गौरादह, मोरङ्को पथरी, लेटाङ् लगायतका क्षेत्रका बासिन्दाहरुले यो समस्यालाई समाधान गर्ने उम्मेद्वार खोजि रहेका छन् । वर्षौंदेखि बसोबास गर्दै आएका जग्गाको धनीपूर्जा नपाएको गुनासो धेरै बस्तीमा सुनिन्छ । सुकुम्बासी, अव्यवस्थित बसोबासी तथा परम्परागत रूपमा बस्दै आएका परिवारले कानुनी स्वामित्व नहुँदा बैंक ऋण, घर निर्माण अनुमति, उत्तराधिकार र अन्य प्रशासनिक काममा समस्या भोग्दै आएका छन् । त्यसैले चुनावी माहोलमा उनीहरूको प्राथमिकता विकासका ठूला योजनाभन्दा आफ्नो बसोबासको दिर्घकालिन कानूनी सुनिश्चितता बनेको छ ।
भुमि सम्वन्धि समस्या रहेका स्थानमा घरदैलो अभियानका क्रममा उम्मेद्वारहरुले समते आफ्नो एजेन्डामा भूमि समस्या समाधानलाई उच्च प्राथमिकता दिने बताएका छन् । झापाको क्षेत्र नं. ५ मा उम्मेद्वार रहेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली समक्ष झापाको कमल स्थित सिम्ले, गौरादहका साविक महारानीझोडा लगायतका क्षेत्रका बासिन्दाहरुले यहि माग राखेका छन् । भेटघाटका क्रममा उनी पुग्दा स्थानीयले भुमि सम्वन्धि समस्याको समाधान गरि दिए आफुहरुको बसोबासको स्थाई समस्या समाधान हुने बताउने गरेका छन् ।
यहि क्षेत्रबाट उम्मेद्वार बनेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का बालेन्द्र साहले पनि कतिपय ठाउँमा धनिपूर्जा दिलाउने भन्दै भोट मागेका छन् । उनले निर्वाचित भए लगत्तै नापजाँच, नामसारी र स्वामित्व प्रमाणपत्र वितरण प्रक्रिया छिटो गराउने प्रतिबद्धता जनाएका छन् । केही उम्मेद्वारले संघीय र प्रदेश सरकारसँग समन्वय गरी दीर्घकालीन समाधान निकाल्ने आश्वासनसमेत दिएका छन् ।
भूमि व्यवस्थापन कार्यालयमा प्रक्रिया जटिल र समय(खर्चिलो भएको गुनासो पुरानै हो । केहि स्थानमा समाधानको प्रक्रिया पनि अघि बढेको पाईन्छ । झापा तथा मोरङ्का विभिन्न पुराना बस्तिहरुमा समेत यस प्रकारको समस्या छ । भुमि समस्या यहाँका स्थानीय तहमा सबैभन्दा संवेदनशील मुद्दामध्ये एक बनेको छ ।

Author

You may also like