देश–समाज समाचार स्थानीय

आगलागी पीडितलाई दउवा संघको आर्थिक सहयोग

दमक/ दमक उद्योग वाणिज्य संघले केही समय अगाडि आगलागीबाट क्षति व्यहोरेका व्यवसायीहरुलाई राहत सहयोग हस्तान्तरण गरेको छ ।
दमक उद्योग वाणिज्य संघका अध्यक्ष गोपाल गुरागाईसहितको टिमले दमक ९ स्थित नुडल्स उद्योगका सञ्चालक पदम भण्डारीलाई ५० हजारको चेक उपलब्ध गराए । वाणिज्य संघको विनियम अनुसार सदस्यता लिएर नविकरण भएकालाई दिईने प्रावधान अनुसारको ५० हजार उपल ब्ध गराएको अध्यक्ष गुरागाईले बताए । सोही क्रममा दमक ०६ नमुना बजारका व्यवसायी युवराज कोजुको पसलमा आगलागी भई क्षति भएको हुनाले रु २० हजार बराबर सहयोग उपलब्ध गराएको छ । सो सहयोग रकम हस्तान्तरण गर्दै अध्यक्ष गुरागाईले सबै उद्यमी व्यवसायीहरुलाई आ–आफ्नो फर्म, व्यवसायी दर्ता देखि नियमित नविकरण गर्न आग्रह समेत गरेका छन् ।

Author

You may also like