देश–समाज

बेवारीसे सडक मानवसँग दशैं मनाउँदै सांसद बस्नेत

भक्तपुर, नेपालीहरुको महान् चाड विजया दशमी अर्थात दशैं, जो आफन्तसँग भेटघाट, टिका, आशिर्वाद तथा नयाँ नयाँ ठाउँको भ्रमण गरी दुःख सुख साटासाट गरेर मनाउने गर्दछन् ।

तर नेपाल कम्युनिष्ट पार्टी नेकपाका केन्द्रीय सदस्य तथा प्रतिनिधिसभाका सांसद महेश बस्नतेको भने त्यस्तोमात्र रहेन । आफ्नो जिल्लालाई बेवारीसे सडक मानव मुक्त बनाउने अभियानलाई साथ दिइरहेको चाँगुनारायण नगरपालिकाको यातुमहादेवमा सञ्चालनमा रहेको मानव कल्याण समाज सेवाघरको आयोजनामा रहेका आफन्त विहिन बेवारीसे सडक मानवलाई दुखेको घाउनमा मलहम लागाउँदै सांसद बस्नेतले शनिवार सेवा घरमा नै पुगी सामुहीक टिका लगाई दिनुभयो ।

आफन्त विहनिले आफन्त नभएको महशुस गर्न नपाउन भन्ने मुख्य उद्देश्यका साथ उहाँले उक्त सेवा घरमा रहेका ६१ जना बेवारीसे सडक मानवलाई टिका लगाईदिनुभएको हो । बेवारीसे मानवको दुःखको आँशुलाई सकेसम्म सुखको आभास गराउने लक्ष्यका साथ उहाँ लगायतको समुहले टिकाको साथमा नास्ताको व्यवस्था समेत गरेको थियो ।

कार्यक्रममा बोल्दै सांसद बस्नेतले भक्तपुरलाई बेवारीसे सडक मानव मुक्त बनाउने अभियानमा विशेष भूमिका निर्वाह गरेकोमा सेवा घरलाई विशेष धन्यवाद व्यक्त गर्दै सेवा घरको लागि स्थायी रुपमा वसोवास गर्न मिल्ने प्रकारको सामुहिक भवन निर्माण गर्ने प्रकृयामा रहेको जानकारी गराउनुभयो ।

You may also like