देश–समाज समाचार स्थानीय

विद्यालयमा छात्रवृत्तिका रुपमा पोशाक वितरण

कमल । कमल–७ स्थित पिङडाँडा आधारभुत विद्यालयले छात्रवृत्तिको रुपमा पोशाक वितरण गरेको छ । वडा नं. ७ का वडाअध्यक्ष पृथ्वीपति राईको प्रमुख आतिथ्यता तथा दुर्गादेवी खनाल काफ्लेको विशेष आतिथ्यतामा सो कार्यक्रम सम्पन्न भएको हो ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तारापति राईको सभापतित्वमा आयोजित सो कार्यक्रम विद्यालयका प्रधानाअध्यापक देवीमाया अधिकारी पोखरेलले गरेकी थिईन भने शिक्षक बन्दना लिम्बुले सो कार्यक्रममा उपस्थितहरुलाई स्वागत मन्तव्य राखेकी थिईन । सो कार्यक्रमबाट विद्यालयमा रहेका ५१ जना विद्यार्थीहरुलाई छात्रवृत्ति स्वरुप विद्यालयले सट र पाइन्ट वितरण गरेको छ । सोही कार्यक्रममा आज जन्मदिन मनाउने क्रममा दुर्गादेवी खनाल काफ्लेले सबै विद्यार्थीलाई टिसर्ट र ट्रयाक उपलब्ध गराएको विद्यालयकी शिक्षिका बन्दना लिम्बुले बताएकी छन् ।

Author

You may also like