देश–समाज मुख्य समाचार स्थानीय

पूर्वराजाद्वारा नयाँ वर्षको शुभकामनासहित तीनकुने घटनामा दुःख व्यक्त

दमक/ पूर्वराजा ज्ञानेन्द्र शाहले तीनकुने घटनाप्रति दुःख व्यक्त गरेका छन् । शाहले नयाँ वर्ष २०८२ को अवसरमा आइतबार भिडियो सन्देश जारी गर्दै तीनकुने घटनाप्रति दुःख व्यक्त गरेका हुन् ।
उनले भनेका छन्– केही दिन अघि जनप्रदर्शनमा हिंसा, आगजनी, तोडफोड भयो, त्यसबाट मानवीय एवम् भौतिक क्षति भयो त्यो सुन्दा अत्यन्तै दुःख लागेको उल्लेख गरेका छन् । उनले नागरिक स्वतन्त्रताभन्दा ठूलो अरु कुनै तन्त्र वा वाद नहुने समेत बताए । वास्तविक प्रजातन्त्र त्यहाँ हुन्छ जहाँ राम्रो, नराम्रो, जनगुनासो वा गुनगान परम्परा र संस्कार हुने समेत शाहले बताएका छन् ।
उनले नेपाली जनतामा देश र भविष्यलाई लिएर जुन खालको जागरुकता, पैदा भएको छ त्यसलाई सकारात्मक रुपमा लिएको समेत उल्लेख गरेका छन् । वास्तवमा नेपाली जनतामा रहेको देशभक्तिपूर्ण भावना विश्वमै अनुकरणीय र अनुशरणीय रहेको उल्लेख गरे । देशलाई विद्यमान जटिलताबाट मुक्त गराई शान्त, स्थिर र समृद्ध मुलुक बनाउने जागरुकता जुन पैदा भएको छ नयाँ वर्ष २०८२ मा नेपाली जनताको चाहना अनुसारको परिणाम हासिल हुने विश्वास थपिएको छ । मुलुकमा व्याप्त अशान्ति, अराजकता, निराशा र असन्तुष्टिबाट आम नेपालीलाई मुक्त गर्न नेपालको राजसंस्थाले जहिले पनि योगदान पु¥याउँदै आएको समेत उल्लेख गरेका छन् । राष्ट्रियता र प्रजातन्त्रलाई मूल कार्य मान्दै जनभावना बमोजिम चल्ने बहुदलीय प्रजातन्त्र र संवैधानिक राजसंस्थाको परम्परामा हाम्रो मान्यता रहि आएको छ ।
गत चैत १५ गते राजावादीहरुले गरेको प्रदर्शनका क्रममा २ जनाको ज्यान जानुका साथै आगजनी, तोडफोड र लुटपाटका घटना भएका थिए ।

Author

You may also like