दमक । एसियन लाइफ इन्स्योरेन्स दमकले आफ्नो १७औँ वार्षिक उत्सव विविध कार्यक्रमका साथ सम्पन्न गरेको छ। उत्सवको अवसरमा दुर्घटना न्यूनीकरणसम्बन्धी सचेतना बोर्ड एक विशेष कार्यक्रमका बीच अनावरण गरिएको छ।
कार्यक्रम एसियन लाइफ इन्स्योरेन्स कोशी प्रदेश सहसंयोजक शान्तिराम निरौलाको अध्यक्षतामा सम्पन्न भएको थियो। कार्यक्रममा प्रमुख अतिथिको रुपमा दमक ट्राफिक प्रहरी प्रमुख जनक तिम्सिना उपस्थित हुनुहुन्थ्यो।
कार्यक्रम आयोजकका अनुसार यो सचेतना कार्यक्रमले विद्यमान सडक दुर्घटना न्यूनीकरणमा सकारात्मक प्रभाव पार्नेछ भने आम सर्वसाधारणलाई सडक सुरक्षाबारे सचेत तुल्याउनेछ।
कार्यक्रमका वक्ताहरू जीवनचक्र समाज नेपालका सचिव गणेश प्रधान, दमक उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष राजु खड्का तथा ट्राफिक प्रमुख जनक तिम्सिनाले सडक सुरक्षाको महत्त्वबारे आफ्ना धारणा राखेका थिए। कार्यक्रमको सञ्चालन दिपक खडकाले गर्नुभएको थियो।
यस अवसरमा दमक उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष राजु खड्का, जीवनचक्र समाज नेपालका सचिव गणेश प्रधान, पहिलो पाइला नेपालका उपाध्यक्ष लवराज खड्का, पत्रकार राजु निरौला, सिदार्थ दाहाल, बिमा अभिकर्ता तथा कर्मचारीको उपस्थिति रहेको थियो।