झापा, दमक – दमक नगरपालिका-९ स्थित अमरचोकमा अत्याधुनिक सुविधा सम्पन्न साउथ किंग रेस्टुरेन्ट र बार बिहीबारदेखि सञ्चालनमा आएको छ। युवा व्यवसायी खड्ग भण्डारीले आफ्नै घरमा उक्त होटल सञ्चालनमा ल्याएका हुन्।
होटल उद्घाटन समारोहका प्रमुख अतिथि दमक उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष राजु खड्का रहेका थिए। कार्यक्रमको सञ्चालन पहिले पाइला नेपाल दमक शाखाका अध्यक्ष राजु निरौलाले गरेका थिए।
होटल सञ्चालक खड्ग भण्डारीका अनुसार सफा र उच्चस्तरीय खानपानको वातावरण सिर्जना गर्ने उद्देश्यले यो होटल स्थापना गरिएको हो। उनले ग्राहकलाई स्वस्थ र गुणस्तरीय सेवा प्रदान गर्ने प्रतिबद्धता व्यक्त गरे।
कार्यक्रमका प्रमुख अतिथि खड्काले होटल व्यवसाय चाँडै फस्टाउने तर टिकाइ राख्न गाह्रो हुने क्षेत्र भएको बताए। कोरोना महामारीपछि होटल व्यवसायले खासै गति लिन नसकेको उल्लेख गर्दै उनले व्यवस्थित र गुणस्तरीय सेवा नै सफलता प्राप्त गर्ने उपाय भएको धारणा राखे।
समारोहमा पहिले पाइला नेपाल दमक शाखाका उपाध्यक्ष लवराज खड्का, जीवन चक्र समाज दमकका सचिव गडेश प्रदानलगायतको उपस्थिति रहेको थियो। करिब ४० लाख रुपैयाँ लागतमा सञ्चालनमा आएको यो होटलले दमकवासीलाई नयाँ स्वाद र अनुभव दिने अपेक्षा गरिएको छ।