काठमाडौं, प्रजातन्त्र पार्टी (राप्रपा) का वरिष्ठ नेता एवं पूर्वमन्त्री दीपक बोहको निधन भएको छ। आज बिहान १०:५० बजेतिर काठमाडौंको ओम अस्पतालमा उपचारको क्रममा उनकाे निधन भएको पारिवारिक स्रोतले जानकारी दिएको छ।
पोस्ट कोभिडका कारण लामो समयदेखि अस्वस्थ रहेका बोहरा रुपन्देही क्षेत्र नम्बर ३ का निर्वाचित सांसद थिए। उनले हालै सम्पन्न निर्वाचनमा कांग्रेसका नेता बालकृष्ण खाँणलाई पराजित गरेका थिए।
उनको निधनले नेपाली राजनीति क्षेत्रमा ठूलो शोक मच्चाएको छ। बोहरा एक समर्पित नेता र समाजसेवीको रूपमा चिनिन्थे। उनका योगदान र कार्यहरूको सम्झनामा पार्टी र देशभर शोक प्रस्ताव जारी गरिएको छ।
दीपक बोहराको परिवार र पार्टीका सदस्यहरू यस दु:खद घटनामा शोक व्यक्त गर्दै मृत आत्माको शान्ति र शोकित परिवारलाई समवेदना प्रकट गरेका छन्।