
दमक । गौतम समाजको तेस्रो साधारणसभाले ११ सदस्यीय दमक नगरउपसमिति गठन गरेको छ । गौतम समाज झापाका सबै इकाईहरुको साधारणसभा भइरहेको सन्दर्भमा शनिबार सम्पन्न भएको गौतम समाज दमक नगर उपसमितिको साधारण सभाले बन्धु दुर्गाप्रसाद गौतमको नेतृत्वमा ‘गौतम समाज दमक नगर उपसमिति’ गठन गरेको हो। दमक–४ को विद्योदय आधारभुत विद्यालयको सभाहलमा आयोजित सो समितिमा दमक नगर सचिवको जिम्मेवारी नारायण दास वंश साविक चोकपुर, पुस्ता संख्या ४६ का बन्धु देवीप्रसाद (सन्तोष) गौतमलाई दिइएको छ।
गौतम समाज झपाका केन्द्रीय सचिव सोमनाथ गौतमको उपस्थिति र अग्रज राजकुमार गौतमको प्रमुख आतिथ्यमा गठित ११ सदस्यीय नगर समितिमा, उपाध्यक्ष –ज्ञाननाथ गौतम, सहसचिव – देवीमाया गौतम, कोषाध्यक्ष –शारदादेवी गौतम चयन भए भने सदस्यहरुमा गोविन्द गौतम, मुक्तिनाथ गौतम, सावित्रा गौतम, बिष्णुमाया गौतम, गणेश गौतम र हरिराम गौतम चयन भएका छन भने दुई सदस्य पछि चयन हुनेछन ।