देश–समाज राजनीति समाचार

रवि पक्राउपछि सरकारविरोधी आन्दोलन जारी, अदालतद्धारा कागजात प्रमाणितको काम हुँदै

दमक । सहकारीको रकम हिनामिना र संगठित अपराधको आरोपमा राष्टिूय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने पक्राउ परेदेखि नै चर्चिएको सरकार विरोधी आन्दोलन जारी रहेको छ । हजारौं रास्वपाका समर्थक, शुभेच्छुकहरुले पोखराका बजार तथा गल्लिहरु भरिएका छन् । विकृति र बेतिथिका विभिन्न नारा लेखिएका प्लेकार्ड बोकेर सरकारका विरुद्धमा नाराबाजी गरिरहेका छन् । सरकार विरोध आन्दोलन निस्कर्षमा नपुगेसम्म नछोडिने कोशी प्रदेशका प्रवक्ता कमलबाबु मैनालीले बताए ।
यता अदालतमा लामिछानेको मुद्दामा कागजात प्रमाणितको काम भइरहेको सरकारी वकिलको कार्यालयले जनाएको छ।आइतबार जिल्ला अदालत कास्कीबाट ६ दिनको म्याद थप गरिएको थियो । रविको वयान सुरु भएको छैन । सोमबार जिल्ला सरकारी वकिलको कार्यालयले जिल्ला प्रहरी कार्यालय कास्की पुगेर सामान्य सोधपुछ गर्दै कागजात प्रमाणित काम भएको हो ।‘कागजात भेरिफाइ गर्ने काम भइरहेको छ। वयान डकुमेन्टेसन भएको छैन’, जिल्ला न्यायाधिवक्ता कमला काफ्लेले कागजात, मिसिल, सोधपुछ, पत्रचारपछि वयान डकुमेन्टेसन हुने उनले बताइन् ।जिल्ला न्यायाधीश नवराज दाहालको इजलासले लामिछानेलाई ६ दिन हिरासतमा राख्न अनुमति दिएको छ । उनलाई बिहीबार दोस्रो पटक म्याद थप्न अदालत पेश गर्ने सम्भावना छ ।
यसैबीच, आइतबार कास्की जिल्ला अदालत परिसरमा पक्राउ परेका पूर्वगृहमन्त्री तथा रास्वपा सभापति रवि लामिछानेलाई पत्रकारहरूसँग बोल्न दिइएकोमा गृह मन्त्रालयले सिरियस नोट गरेको मन्त्रालयका अधिकारीहरूले बताएका छन् । एक जना थुनुवालाई पत्रकारहरूसँग खुल्लमखुल्ला बोल्न दिएको भन्दै कास्कीका प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डे र प्रहरी प्रमुख श्यामबाबु ओलियालगायत गृह मन्त्रालयअन्तर्गतका जिल्लाका अधिकारीहरूमाथि कारबाही हुनसक्ने सम्भावना रहेको एक अधिकारीले सञ्चारकर्मीलाई बताए ।
आज पनि रास्वपाका नेता कार्यकर्तालेहरुले आन्दोलनलाई जारी राख्ने कोशी प्रवक्ता मैनालीले बताए । यद्यपि भोलिको अवस्था के हुने ? रविलाई अन्यत्र लैजाने हल्ला चलिरहँदा अब रास्वपाको आन्दोलन के हुने भन्ने अन्योलता छाएको छ । तर पनि रास्वपाका नेताहरुले अब सरकारका विरुद्धमा छेडिएको आन्दोलनले प्रधानमन्त्री केपी ओलीलाई हटाएरै छाड्ने उनीहरु बताइरहेका छन् ।

Author

You may also like