यतिखेर देशमा नयाँ शक्तिको त्रासमा ठुला राजनीतिक दलहरु रहेको देखिन्छ । जनतासँग प्रत्यक्ष सरोकार राख्ने हजारौं विषयवस्तु छोडेर नयाँ शक्तिलाई कसरी मेटाउने भन्ने ध्याउन्नमा सरकार र राजनीतिक दल लागेका छन् । जसका लागि पुरै राज्यसंयन्त्रको प्रयोग भएको छ । ठूला ठूला काण्ड बोकेका व्यक्तिहरु सरकारमा बसिरहेको बेलामा सामान्य विषय मा मेडिकल व्यवसायी दुर्गा प्रसाईको गिरफ्तार गरिएको छ । त्यसपछि राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा पूर्व गृहमन्त्री रवि लामिछानेमाथि सरकारले गरेको निगरानीले उनको गिरफ्तारी पनि चाँडै हुने छनक देखिए पछि साँच्चै नै ठुला राजनीतिक दल सानाबाट डराएको आभाष दिलाएको छ ।
रवि लामिछानेको मुद्दा हो सहकारी संस्थाको रकम अपचलन । सहकारी रकम अपचलन छानविन विशेष समितिले दिएको प्रतिवेदनका आधारमा रवि लामिछानेले व्यक्तिगत रुपमा कुनै सहकारीबाट रकम लिएको प्रमाण भेट्न सकेन । तर दोषी ठहर चाहि ग¥र्यो – कारण थियो रविको कम्पनीमा अवैधानिक रकम सहकारीबाटै आयो र त्यो रकम कार्यालय सञ्चालनमा रविले चेक काटेर अरुलाई दियो । सहकारी ठगी प्रकरणमा समितिले दिएको रिपोर्ट अनुसार झण्डै खबरमा पुगेको छ । रविले अपचलन गरेको भनिएको करोडमा देखिन्छ । राज्य पक्ष खबर खानेलाई भन्दा करोडतिर बढी आकर्षित हुनुले पनि रविलाई सिध्याइयो भने त्यो रास्वपा नयाँ शक्ति नै सिध्धिन्छ संकीर्ण मानसिकता उनीहरुमा बिझेको प्रतित हुन्छ ।
नयाँ शक्ति रास्वपा मात्र होइन नयाँ शक्ति बनाउने होडबाजी चलेको छ । प्रहरी हिरासतमा पुगेका दुर्गा प्रसाईको नयाँ शक्ति नै हो । यस्तै केही हप्ताअघि नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले दलहरूले इतिहासबाट नसिके बंगलादेशको हबिगत बेहोर्नुपर्छ भनेर दिएको अभिव्यक्तिले पनि नयाँ शक्तिको उद्य हुनेतर्फ इंगित गरेको देखिन्छ । पटक–पटक सरकारको नेतृत्व गरिसकेका नेताहरूले समेत यसरी आक्रोश पोख्नुको अर्थ राजनीतिक संकट गहिरिँदै गएको स्पष्ट हुन्छ । शनिबारै प्रचण्डले माओवादी घटकलाई पुनः एकता प्रक्रियामा आउन आह्वान गरेका छन् । उनले अझै कम्युनिस्ट धारबाट नयाँ शक्ति निर्माण हुन सक्ने बताइरहेका छन् । त्यस्तै तत्कालीन नेकपा माओवादीबाट छुट्टिएर नयाँ शक्ति पार्टी हुँदै नेपाल समाजवादी पाटी (नेसपा)को संयोजन गरिरहेका डा.बाबुराम भट्टराईले पनि नयाँ वैकल्पिक शक्ति स्थापनाको रटान छाडेका छैनन् ।
के नेपालमा त्यो खालको राजनीतिक परिवर्तन अहिले सम्भव छ । के नयाँ शक्तिको उदय सम्भव छ ? माओवादी धारबाटै छिन्नभिन्न भएर नेकपा गठन गरेका नेत्रविक्रम चन्द, मधेसबाट उदाएका सिके राउत नेतृत्वको जनमत, राजेन्द्र महतो नेतृत्वको पार्टीदेखि रवि लामिछाने नेतृत्वको राष्टिूय स्वतन्त्र पार्टी समेत नयाँ राजनीतिक शक्तिका रूपमा उदाउने होडबाजीमा रहेको देखिन्छ ।
त्यतिमात्र होइन, राजेन्द्र लिङ्देन नेतृत्वको राप्रपा र कमल थापा नेतृत्वको राप्रपा नेपाल पनि करिब २० वर्षअघि ढलेको राजसंस्था ब्युँताउने अभियानमा छन् । उनीहरूले पनि ०६२÷६३ सालयता उदाएका राजनीतिक दलले मुलुकका लागि केही गर्न नसकेको आरोप लगाइरहेका छन् । जनताले भने मुलुक निर्माणका लागि एउटा कुशल नेतृत्व खोजिरहेका छन् । सरी देश परिवर्तनका लागि, देश जनताको समृद्धिका लागि नयाँ शक्तिको खोजी गर्नु गलत छैन तर फेरी पनि जनता झुक्याउने र जनतामाथि नै शासन गर्ने प्रवृत्तिको संस्कारबाट आउने हो भने त्यसको के अर्थ रहँला र ? वास्तवमा नेपाली जनताले अहिलेको नयाँ शक्ति भनौ वा नयाँ नेता जे भने पनि ली क्वान युले सिंगापुर र देङ स्याओपिङले आधुनिक चीन निर्माणको जग बसालेका थिए । त्यस्तो प्रकारको शक्ति वा व्यक्तिको खोजि नेपाली जनताले गरिरहेका छन् । संख्यात्मक रुपमा को कतिपटक प्रधानमन्त्री वा मन्त्री बन्ने भन्ने होडमा होइन, हिजो राज्य व्यवस्था परिवर्ननमा योगदान दिएको भरमा योग्यता र अनुभवै नभएकाको शासन होइन अब विज्ञ र योग्य नेताहरुले देश चलाएको हेर्न जनता लालयित छन र नयाँ शक्तिको खोजि पनि गरिरहेका छन् । जुन आवश्यकता पनि हो ।

Author

You may also like